काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलित भएको रास्वपाले आज बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा बालुवाटरबाटै पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनलगायत ११ जनालाई प्रहरीले पक्राउ परेका छन् ।
कार्यवहाक महान्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य जारी गरी शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले दमन गरेको बताए ।
‘शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन् लोकतान्त्रिक मूल्य मान्यताको चरम उल्लङ्घन हो’, उनले भनेका छन् । विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ ।
आन्दोलनलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्नेछन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)