विराटनगर । झापामा सहकारी ठगी आरोपमा सांसद पत्र पक्राउ परेका छन् । झापा क्षेत्र नम्बर ४ काे (१) बाट निर्वाचित कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल पक्राउ परेका हुन् ।
सुमन शिवसताक्षी नगरपालिकामा रहेको उन्नति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुन् । उन्नति सहकारीबाट सर्वसाधारणले बचत गरेको १ करोड ३८ लाखभन्दा बढी बचत अपचलन भएको छ । यो रकम अपचलनको आराेप अध्यक्ष खनालमाथि छ ।
बचतकर्ताको रकम अपचलन गरेको आरोपमा प्रहरीले सहकारीकाे व्यवस्थापक मित्रलाल भट्टराईलाई पनि पक्राउ गरेको छ । दुईको मिलेमतोमा सहकारीको बचत अपचलन भएको प्रहरीको दाबी छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार सहकारीका व्यवस्थापक भट्टराईलाई साेमबार झिलझिलेबाट पक्राउ गरिएको हो । अध्यक्ष खनाल भने कात्तिक ५ गते पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालयमा ३७ जनाले बचत फिर्ताको मागसहित उजुरी दिएको चन्दले बताए । उनले थप अनुसन्धान भइरहेकाे बताए ।
यो सहकारी २०६६ सालमा स्थापना भएको हो । सुमन स्थापनाकालदेखि नै अध्यक्ष छन् । विगतमा उनी व्यवस्थापक पनि थिए ।
सहकारीबाट नक्कली ऋणीसमेत खडा गरेर ऋण लगानी गरी हिनामिना गरिएको फेला परेको शिवसताक्षी नगरपालिकाले गरेको छानविनका क्रममा देखिएको थियो । आर्थिक वर्ष २०७८–०७९ मा रमेश अधिकारीको नाममा १ लाख ९१ हजार ८ सय ४९ रुपैयाँको कर्जा लगानी गरेको देखिन्छ । तर, त्यो ऋण नै नक्कली रहेको नगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा छ ।
गत वर्ष सहकारीमा ठगी भएको उजुरी परेपछि शिवसताक्षी नगरपालिकाले छानबिन गरेको थियो । छानबिनका क्रममा अध्यक्ष खनालले अध्यक्षले आर्थिक वर्ष २०७८–०७९ सम्म ४४ लाख ३४ हजार १ सय ६७ र आर्थिक वर्ष २०७९–०८० मा १६ लाख ३१ हजार ३ सय ८७ रुपैयाँ गरी ६० लाख ६६ हजार १ सय ९६ रूपैयाँ हिनामिना गरेको देखिएको थियो ।
प्रतिवेदनमा आर्थिक वर्ष २०७९–०८० मा अध्यक्षबाट १ करोड ६२ लाख ६२ हजार ३ सय ६९ रुपैयाँ सहकारीले पाउनुपर्ने उल्लेख छ ।
प्रतिवेदनमा उल्लेख भएको विवरण अनुसार खनालको शेयर खातामा १ लाख १० हजार छ । बचत खातामा थप २३ लाख २२ हजार ५ सय ९९ रुपैयाँ गरी जम्मा २४ लाख २५ हजार ५ सय ९९ रुपैयाँ सहकारीमा देखिन्छ । त्यस बाहेक सहकारीबाट अपचलन गरेको थप १ करोड ३८ लाख असुल गर्नुपर्ने उल्लेख छ ।
स्थानीय सरकारले गठन गरेकाे छानबिन समितिले प्रतिवेदन दिएपछि २०८० फागुन २४ गते वडा कार्यालयमा अध्यक्ष खनालले २ महिनाभित्र हिसाबकिताब मिलाउने कागज गरेका थिए । तर, उनले समस्या समाधान गर्न चासो दिएनन् ।

कोशी प्रदेशका सांसद राधाकृष्ण खनाल छोराले सहकारीमा बदमासी गरेको बताउँछन् । सुरुमा आफूले वास्ता नगरेको बताउँदै उनले पछि बुझ्दा बदमासी गरेको देखिएको बताए ।
‘त्यो सहकारीमा म छैन, छोरा थियो, सधैंभरि बढेका छोराले के गर्छन्, कसो गर्छन, त्यो सबै थाहा पनि हुँदैन,’ उनले भने, ‘सहकारीको कुरा उठेपछि हेर्दा बदमासी गरेको देखियो ।’ सांसद खनालले प्रहरीले सहकारीको मिहिन ढंगले छानविन गर्नुपर्ने बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)