विराटनगर । आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले स्कटल्याण्डसँग खेल्दैछ ।
पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल स्कटल्याण्डसँग खेल्न लागेको हो ।
खेल ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।
नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको थियो । स्कटल्याण्डले आफ्नो पहिलो खेलमा अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।
स्कटिङ टोली लयमा छ भने नेपालले लिग टु मा पछिल्लो समय खराब प्रदर्शन गरिरहेको छ । नेपाल लिग टु मा ७ खेल यता जितविहीन छ ।
२०२४ फेब्रुअरीमा घरेलु मैदानमा भएको लिग टु को पहिलो सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो । त्यो नै नेपालको एक मात्र जित हो ।
९ खेलबाट जम्मा ३ अंक रहेको नेपाल ८ टोली सम्मिलित लिग टु को सातौं स्थानमा छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,413)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,373)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,355)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,159)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)