विश्वकप लिग २ : स्कटल्याण्डसँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले स्कटल्याण्डसँग खेल्दैछ ।

पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल स्कटल्याण्डसँग खेल्न लागेको हो ।

खेल ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको थियो । स्कटल्याण्डले आफ्नो पहिलो खेलमा अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

स्कटिङ टोली लयमा छ भने नेपालले लिग टु मा पछिल्लो समय खराब प्रदर्शन गरिरहेको छ । नेपाल लिग टु मा ७ खेल यता जितविहीन छ ।

२०२४ फेब्रुअरीमा घरेलु मैदानमा भएको लिग टु को पहिलो सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो । त्यो नै नेपालको एक मात्र जित हो ।

९ खेलबाट जम्मा ३ अंक रहेको नेपाल ८ टोली सम्मिलित लिग टु को सातौं स्थानमा छ ।

प्रकाशित मिति: मङ्गलबार, १३ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.