उर्लाबारीका मेयर कुटिए

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलमाथि मुक्का प्रहार भएको छ । साेमबार नगरपालिकाको कार्यपालिका बैठक सकेर निस्किँदै गर्दा नगरपालिका परिसरमै उनीमाथि मुक्का प्रहार भएकाे हाे ।

प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–७ का ४८ वर्षीय मिलन भण्डारीले अपरान्ह ४ः४५ बजेतिर नगर प्रमुख खरेलको अनुहारमा मुक्का प्रहार गरेका हुन् ।

मुक्का प्रहार भए पनि उनको अवस्था सामान्य छ । भण्डारीलाई भने पक्राउ गरेर इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको छ । उनले मेयरमाथि आक्रमण गर्नुपर्ने कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले भण्डारीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने तयारी गरेको छ । मुक्का प्रहार गर्नुअघि मेयर खरेलसँग भण्डारीको भेट भएको थियो । उनले योग शिविर सञ्चालनका लागि भनेर मेयरसँग पैसा माग गरेका थिए । मेयर खरेलले तत्काल सम्भव नहुने भन्दै प्रक्रिया पूरा गरेर सहयोग गर्ने आश्वासन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, १२ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.