विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलमाथि मुक्का प्रहार भएको छ । साेमबार नगरपालिकाको कार्यपालिका बैठक सकेर निस्किँदै गर्दा नगरपालिका परिसरमै उनीमाथि मुक्का प्रहार भएकाे हाे ।
प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–७ का ४८ वर्षीय मिलन भण्डारीले अपरान्ह ४ः४५ बजेतिर नगर प्रमुख खरेलको अनुहारमा मुक्का प्रहार गरेका हुन् ।
मुक्का प्रहार भए पनि उनको अवस्था सामान्य छ । भण्डारीलाई भने पक्राउ गरेर इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको छ । उनले मेयरमाथि आक्रमण गर्नुपर्ने कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले भण्डारीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने तयारी गरेको छ । मुक्का प्रहार गर्नुअघि मेयर खरेलसँग भण्डारीको भेट भएको थियो । उनले योग शिविर सञ्चालनका लागि भनेर मेयरसँग पैसा माग गरेका थिए । मेयर खरेलले तत्काल सम्भव नहुने भन्दै प्रक्रिया पूरा गरेर सहयोग गर्ने आश्वासन दिएको उनको सचिवालयले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)