विराटनगर । जिल्ला अदालत माेरङले विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका ऋणीविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालतमा प्रतिवादी बनाइएका ऋणीविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेकाे हाे ।
सहकारीको बचत अपचलन गरेको आरोपमा संस्थाका अध्यक्ष अमलेश कर्ण पूर्पक्षका लागि कारागारमा छन् ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीका सञ्चालक, पूर्व सञ्चालक र ऋणीसहित १०९ जनालाई प्रतिवादी बनाएर कात्तिक १ गते मोरङ अदालतमा मुद्दा दायर गरेको थियो । कात्तिक २ गते अदालतले अध्यक्ष कर्णलाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
फरार प्रतिवादीका लागि पक्राउ पूर्जी जारी भइरहेको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘फरार बनाइएका प्रतिवादी विरुद्ध पक्राउ पूर्जी जारी भइरहेको छ,’ उनले भने,‘ अहिलेसम्म ५० जनाको पक्राउ पूर्जी जारी गरी प्रहरीलाई पठाएका छौं, फरार रहेका १०८ जनाविरुद्ध पक्राउ पूर्जी जारी हुन्छ ।’
जिल्ला अदालतमा ८८ जना ऋणीसहित १०९ जनाविरुद्ध ‘सहकारी संस्थाको रकम हिनामिना’ अभियोगमा मुद्दा दायर भएको थियो । मुद्दा दायर गरिएका मध्ये २१ जना सहकारीका सञ्चालक र पूर्वसञ्चालकहरु छन् ।
प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गर्दा सहकारीको ९ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको देखिएको थियो । प्रहरीको अनुसन्धानका क्रममा ७ करोड ८४ लाख २६ हजार ३ सय ३५ रुपैयाँ हिनामिना भएको देखिएको थियो ।
सहकारीले बचत फिर्ता नगरेपछि १ सय ३ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । ती बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ता माग गरेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)