माछापुच्छ्रे सहकारी संस्थाका ऋणिविरुद्ध पनि पक्राउ पूर्जी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला अदालत माेरङले विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका ऋणीविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालतमा प्रतिवादी बनाइएका ऋणीविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेकाे हाे ।

सहकारीको बचत अपचलन गरेको आरोपमा संस्थाका अध्यक्ष अमलेश कर्ण पूर्पक्षका लागि कारागारमा छन् ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीका सञ्चालक, पूर्व सञ्चालक र ऋणीसहित १०९ जनालाई प्रतिवादी बनाएर कात्तिक १ गते मोरङ अदालतमा मुद्दा दायर गरेको थियो । कात्तिक २ गते अदालतले अध्यक्ष कर्णलाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

फरार प्रतिवादीका लागि पक्राउ पूर्जी जारी भइरहेको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘फरार बनाइएका प्रतिवादी विरुद्ध पक्राउ पूर्जी जारी भइरहेको छ,’ उनले भने,‘ अहिलेसम्म ५० जनाको पक्राउ पूर्जी जारी गरी प्रहरीलाई पठाएका छौं, फरार रहेका १०८ जनाविरुद्ध पक्राउ पूर्जी जारी हुन्छ ।’

जिल्ला अदालतमा ८८ जना ऋणीसहित १०९ जनाविरुद्ध ‘सहकारी संस्थाको रकम हिनामिना’ अभियोगमा मुद्दा दायर भएको थियो । मुद्दा दायर गरिएका मध्ये २१ जना सहकारीका सञ्चालक र पूर्वसञ्चालकहरु छन् ।

प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गर्दा सहकारीको ९ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको देखिएको थियो । प्रहरीको अनुसन्धानका क्रममा ७ करोड ८४ लाख २६ हजार ३ सय ३५ रुपैयाँ हिनामिना भएको देखिएको थियो ।

सहकारीले बचत फिर्ता नगरेपछि १ सय ३ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । ती बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ता माग गरेका छन् ।

प्रकाशित मिति: सोमबार, १२ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.