विश्वकप लिग २ मा अमेरिकासँग नेपाल पराजित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आईसीसी विश्वकप लिग–२ को खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ ।

टर हारेर ब्याटिङ गरेको नेपालले दुई सय ८७ रनको लक्ष्य दिएको थियो । अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित एक सय चार बनाए । नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए ।

ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै दुई सय ८६ रन बनाएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले ९६ रन बनाए । ओपनर आसिफ शेखले ५२ र अनिल साहले ५६ रन बनाए । अमेरिका स्पिनर नोष्थुश केन्जिगेले ४ विकेट लिए ।

लिग २ मा नेपालले भोलि स्कटल्यान्डसँग खेल्नेछ ।

लिग–२ मा ९ खेलमा ३ अङ्कसहित नेपाल तालिकाको सातौं स्थानमा छ । अमेरिका दोस्रो र क्यानडा शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, १२ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.