काटिएका उद्याेगकाे लाइन जाेड्न माेरङका दुई संस्थाकाे आग्रह

Satya Sanchar सत्य सञ्चार

विराटनगर । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएको विद्युत पुन जडान गर्न   पूर्वका दुई संस्थाले माग गरेका छन् । विद्युत उपभोग गरेको यथेष्ठ प्रमाणसहितको बिल पेस गरे बक्यौता तिर्न तयार रहेको उल्लेख गर्दै मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले तत्काल काटिएको लाइन जोड्न माग गरेका हुन् ।

‘नेपाल विद्युत प्राधिकरणले विगतमा उद्योगहरूमा डेडिकेटेड फिडर र ट्रंकलाइन जडान गरेको तर सम्बन्धित उद्योगहरूलाई सोको उपयोग भएको यथेष्ट प्रमाण बिनै उद्योगहरूको नाममा बक्यौता रकम देखाएर विद्युत लाइन काटेको प्रति काटेको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघले विज्ञप्तिमार्फत भनेको छ, ‘ यस विषयलाई थप जटिल नबनाइ हाललाई काटिएका उद्योगहरूका लाइन तत्कालै जडान गर्न तथा सम्बन्धित निकाय र सरोकारवालाहरू बीच बैठक बसी आवश्यक छलफल गरेर समाधानका उपाय निकाल्न सम्बन्धित सबै पक्षसँग जोडदार माग गर्दछौँ ।’

उद्योग परिसंघले भने विद्युत प्राधिकरणमा सरकारले हस्तक्षेप गर्नुपर्ने बताएको छ । ‘बिद्युत कटौती गरि बस्तु तथा सेवाको उत्पादन र वितरणमा पटकपटक प्राधिकरण जस्तो सरकारी निकायले नै अवरोध गर्नु जस्ता क्रियाकलाप चरम आर्थिक शिथिलता झेलीरहेको मुलुकको लागी सकारात्मक विषय कदापी होइन,’ परिसंघले सरकारलाई भनेको छ ,‘ यस विवादलाई सरकारले हस्तक्षेप गरि सरकार आफैले बनाएको लाल आयोगको प्रतिवेदन अनुसार सरकार आफैले समाधान गर्नु पर्दछ ।’

उद्योगीहरू प्रताडित हुने एवं उद्योगको लगानी उद्योगमा आश्रित श्रमिकहरूको रोजगारी तथा समग्र अर्थतन्त्रमै नकारात्मक असर गर्ने भन्दै दुई संस्थाले लाइन जोड्न माग गरेका छन् । दुवै संस्थाले उद्योग क्षेत्रको समस्या समाधानका लागि सरकारले गठन गरेको जाँचबुझ आयोग ऐनअन्तर्गत सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित लाल आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्न माग गरेको छ ।

प्रकाशित मिति: आइतबार, ११ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.