झापा । झापाको दमक नगरपालिका–९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ पर्नेको संख्या ३ पुगेको छ ।
घटनापछि फरार रहेका संखुवासभाको मादी नगरपालिका–१० घर भइ दमक–३ मा बस्दै आएका २६ वर्षीय गणेश दर्जीलाई पछिल्लोपटक शनिबार पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार गणेशलाई काँकडभिट्टाबाट पक्राउ गरिएको हो ।
घटनामा संलग्न भएको आरोपमा यसअघि मोरङको उर्लाबारी नगरपालिका–६ का ४२ वर्षीय प्रकाश कार्की र उर्लाबारी–७ का ४९ वर्षीय ध्रुव गौतम पक्राउ परेका थिए । घटनामा संलग्नमध्ये हालसम्म ३ जनालाई पक्राउ गरिसकिएको डीएसपी चन्दले बताए । पक्राउ परेकाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान अघि बढाएको छ ।
उनका अनुसार जग्गाको विषयमा विवाद हुँदा कात्तिक ६ गते दमक–३ उज्यालो टोल विकास संस्थाको दक्षिणतर्फ बगर टोलमा कुटपिट गरेर देशुको हत्या गरिएको थियो । हत्यामा संलग्न प्रकाश र ध्रुव घटना भएकै दिन पक्राउ परेका थिए ।
घटनास्थलबाट प्रहरीले मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका २ वटा कारसमेत नियन्त्रणमा लिएको थियो । घटनामा संलग्नमध्ये शेरबहादुर लिम्बू, बुद्धिमान थापा, नम चेम्जोङसहितका अन्य व्यक्तिहरु पक्राउ परेका छैनन् । फरार भएकाको खोजी तीव्र पारिएको डीएसपी चन्दले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)