यमु निरौलाको हत्यामा आराेपमा तीन जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

झापा । झापाको दमक नगरपालिका–९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ पर्नेको संख्या ३ पुगेको छ ।

घटनापछि फरार रहेका संखुवासभाको मादी नगरपालिका–१० घर भइ दमक–३ मा बस्दै आएका २६ वर्षीय गणेश दर्जीलाई पछिल्लोपटक शनिबार पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार गणेशलाई काँकडभिट्टाबाट पक्राउ गरिएको हो ।

घटनामा संलग्न भएको आरोपमा यसअघि मोरङको उर्लाबारी नगरपालिका–६ का ४२ वर्षीय प्रकाश कार्की र उर्लाबारी–७ का ४९ वर्षीय ध्रुव गौतम पक्राउ परेका थिए । घटनामा संलग्नमध्ये हालसम्म ३ जनालाई पक्राउ गरिसकिएको डीएसपी चन्दले बताए । पक्राउ परेकाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान अघि बढाएको छ ।

उनका अनुसार जग्गाको विषयमा विवाद हुँदा कात्तिक ६ गते दमक–३ उज्यालो टोल विकास संस्थाको दक्षिणतर्फ बगर टोलमा कुटपिट गरेर देशुको हत्या गरिएको थियो । हत्यामा संलग्न प्रकाश र ध्रुव घटना भएकै दिन पक्राउ परेका थिए ।

घटनास्थलबाट प्रहरीले मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका २ वटा कारसमेत नियन्त्रणमा लिएको थियो । घटनामा संलग्नमध्ये शेरबहादुर लिम्बू, बुद्धिमान थापा, नम चेम्जोङसहितका अन्य व्यक्तिहरु पक्राउ परेका छैनन् । फरार भएकाको खोजी तीव्र पारिएको डीएसपी चन्दले बताए ।

प्रकाशित मिति: आइतबार, ११ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.