विश्वकप लिग २ मा अमेरिकासँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग – २ को शृङ्खलामा आज अमेरिकासँग खेल्दैछ ।

अमेरिका र स्कटल्याण्डसम्मिलित सिरिजको पहिलो खेल आज राति ९ः१५ मा सुरु हुनेछ । नेपालले दोस्रो खेल मङ्गलबार स्कटल्याण्डसँग छ ।

लिगको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकामाथि १० विकेटको जित निकालेको थियो ।

नेपाल आइसिसी विश्वकप लिग–२ को अङ्कतालिकामा सातौँ स्थानमा छ । नेपालले हालसम्म खेलेका ८ खेलमा एउटामा जित तथा ६ मा हारका व्योहोरेको छ ।

अमेरिकाले ९ खेलमध्ये ६ मा जित र तीनमा हारका साथ १२ अङ्क जोडेदै दोस्रो स्थानमा छ । स्कटल्याण्ड ८ खेलमा ५ जितसहित चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति: आइतबार, ११ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.