साफ च्याम्पियनसिपमा भारतसँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले पाँच पटकको विजेता भारतसँग खेल्दैछ । नेपालको खेल आज राति साढे ६ बजे दशरथ रंगशालामा हुनेछ ।

घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन् । गत संस्करणमा पनि नेपालले भारतलाई हराएकाे थियाे ।

पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन ।

हालसम्म दुई देशबीच १७ खेल भएका छन् । जसमा भारतले ११ र नेपालले दुई खेलमा जित निकालेको छ । नेपाली टोली भारतसँग साफको फाइनलमा मात्रै चार पटक पराजित भएको थियो ।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११–० र तेस्रो खेलमा श्रीलङ्कालाई ६–० ले हराएको थियो ।

आजै बङ्गलादेश र भुटानबिचकाे सेमिफाइनल खेल पनि हुनेछ ।

प्रकाशित मिति: आइतबार, ११ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.