साफ च्याम्पियनसिपमा भारतसँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले पाँच पटकको विजेता भारतसँग खेल्दैछ । नेपालको खेल आज राति साढे ६ बजे दशरथ रंगशालामा हुनेछ ।

घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन् । गत संस्करणमा पनि नेपालले भारतलाई हराएकाे थियाे ।

पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन ।

हालसम्म दुई देशबीच १७ खेल भएका छन् । जसमा भारतले ११ र नेपालले दुई खेलमा जित निकालेको छ । नेपाली टोली भारतसँग साफको फाइनलमा मात्रै चार पटक पराजित भएको थियो ।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११–० र तेस्रो खेलमा श्रीलङ्कालाई ६–० ले हराएको थियो ।

आजै बङ्गलादेश र भुटानबिचकाे सेमिफाइनल खेल पनि हुनेछ ।

प्रकाशित मिति: आइतबार, ११ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.