प्रयाेग विहिन झोलुंगे पुल सार्दै कोशी सरकार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पक्की पुलको छेउछाउ निर्माण भएका झोलुंगे पुल सार्ने कोशी प्रदेश सरकारले तयारी गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले पक्की पुल आसपासका प्रयोग विहिन अवस्थामा रहेका झोलुंगे पुल सार्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार पहाडी क्षेत्रमा पक्की पुल आसपासका झोलुंगे पुल प्रयोगविहीन छन् । प्रयोग विहिन अवस्थामा रहेका झोलुंगे पुललाई आवश्यकता अनुसार अन्यन्त्र सार्ने निर्णय भएको उनले बताए ।

‘पहाडी क्षेत्रका धेरै ठाउँमा पक्की पुलकै आसपास झोलुंगे पुल छन् । तर, त्यस्ता पुल प्रयोगविहीन छन्,’ उनले भने,‘ पहिलो चरणमा तथ्यांक संकलन गरेर आवश्यकता अनुसार पुल स्थानान्तरण गर्छौं ।’

झोलुंगे पुल स्थानान्तरण गर्दा स्थानीय सरकारसँगको सहकार्य गरिनेछ । मन्त्रालयले सार्नुपर्ने अवस्थाका पुलको विवरण पनि माग गरेको छ । पहाडी क्षेत्रमा पहिले झोलुंगे पुल निर्माण भएका थिए । पछि सडक विस्तार भएपछि पक्की पुल निर्माण भयो । यातायातका लागि पक्की पुल बनेपछि यस्ता झोलुंगे पुल पुल प्रयोगमा छैनन् । पुल स्थानान्तरणका लागि सरकारले बजेट व्यवस्थापन गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, १० कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.