विराटनगर । पक्की पुलको छेउछाउ निर्माण भएका झोलुंगे पुल सार्ने कोशी प्रदेश सरकारले तयारी गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले पक्की पुल आसपासका प्रयोग विहिन अवस्थामा रहेका झोलुंगे पुल सार्ने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार पहाडी क्षेत्रमा पक्की पुल आसपासका झोलुंगे पुल प्रयोगविहीन छन् । प्रयोग विहिन अवस्थामा रहेका झोलुंगे पुललाई आवश्यकता अनुसार अन्यन्त्र सार्ने निर्णय भएको उनले बताए ।
‘पहाडी क्षेत्रका धेरै ठाउँमा पक्की पुलकै आसपास झोलुंगे पुल छन् । तर, त्यस्ता पुल प्रयोगविहीन छन्,’ उनले भने,‘ पहिलो चरणमा तथ्यांक संकलन गरेर आवश्यकता अनुसार पुल स्थानान्तरण गर्छौं ।’
झोलुंगे पुल स्थानान्तरण गर्दा स्थानीय सरकारसँगको सहकार्य गरिनेछ । मन्त्रालयले सार्नुपर्ने अवस्थाका पुलको विवरण पनि माग गरेको छ । पहाडी क्षेत्रमा पहिले झोलुंगे पुल निर्माण भएका थिए । पछि सडक विस्तार भएपछि पक्की पुल निर्माण भयो । यातायातका लागि पक्की पुल बनेपछि यस्ता झोलुंगे पुल पुल प्रयोगमा छैनन् । पुल स्थानान्तरणका लागि सरकारले बजेट व्यवस्थापन गर्ने उनको भनाइ छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)