राजेन्द्र महतोले खोले राष्ट्रिय मुक्ति पार्टी, चुनाव चिन्ह माछा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । राजेन्द्र महतो नेतृत्वले राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी छाडेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाएका महतोले १ असोजमा  साेही नाममा दल दर्ता गर्ने निर्णय गरेका थिए ।

आयोगमा निवेदन दिएपनि आयाेगले क्रान्ति शब्द राखेर दल दर्ता गर्न अस्वीकार गरेपछि महतोले नयाँ नाम प्रस्ताव गरेका हुन् ।

नयाँ नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल र चुनाव चिन्ह माछा प्रस्ताव गरिएको नेता केशव झाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, ०९ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.