ओली सरकारको १०० दिनप्रति सन्तुष्ट छन् देउवा

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्तुष्ट देखिएका छन् ।

ओली नेतृत्वमा संघीय सरकार बनेको १०० दिन पूरा भएको छ। असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको र उक्त सहमतिको जगमा असार ३० गते ओली प्रधानमन्त्री बनेका थिए ।

ओली सरकारका कामप्रति कांग्रेस सन्तुष्ट रहेको सभापति देउवाले बताएका हुन् ।

कांग्रेस–एमाले गठबन्धन सरकार पूरा कार्यकाल चल्ने पनि सभापति देउवाले बताए । ‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ। सय दिनलाई मैले त राम्रो मानेको छु,’ न्‍युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सभापति देउवाले भनेका छन्,‘सय दिनलाई हनिमुन डेज भन्छन्, १०० दिनमा ओलीजीले राम्रो काम गरेका छन्।’

उनले विपदका बेला पनि सरकारले राम्रो काम गरिरहेको बताए ।

पूर्वसहमतिअनुसार ओलीले दुई वर्ष र आफूले डेढ वर्ष सरकारको नेतृत्व गर्ने सभापति देउवाको भनाइ छ । ‘ कसले भन्यो कांग्रेस असन्तुष्ट छ भनेर ?,’ सभापति देउवाले भनेका छन् , ‘सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो, त्यस्तो केही छैन।’

प्रकाशित मिति: शुक्रबार, ०९ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.