काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्तुष्ट देखिएका छन् ।
ओली नेतृत्वमा संघीय सरकार बनेको १०० दिन पूरा भएको छ। असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको र उक्त सहमतिको जगमा असार ३० गते ओली प्रधानमन्त्री बनेका थिए ।
ओली सरकारका कामप्रति कांग्रेस सन्तुष्ट रहेको सभापति देउवाले बताएका हुन् ।
कांग्रेस–एमाले गठबन्धन सरकार पूरा कार्यकाल चल्ने पनि सभापति देउवाले बताए । ‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ। सय दिनलाई मैले त राम्रो मानेको छु,’ न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सभापति देउवाले भनेका छन्,‘सय दिनलाई हनिमुन डेज भन्छन्, १०० दिनमा ओलीजीले राम्रो काम गरेका छन्।’
उनले विपदका बेला पनि सरकारले राम्रो काम गरिरहेको बताए ।
पूर्वसहमतिअनुसार ओलीले दुई वर्ष र आफूले डेढ वर्ष सरकारको नेतृत्व गर्ने सभापति देउवाको भनाइ छ । ‘ कसले भन्यो कांग्रेस असन्तुष्ट छ भनेर ?,’ सभापति देउवाले भनेका छन् , ‘सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो, त्यस्तो केही छैन।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,229)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)