पाेखरा । सहकारीको बचत अपचलन आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी भएको छ ।
संगठित अपराधमा रुपन्देही जिल्ला अदालतबाट अर्को पक्राउ पुर्जी जारी भएपछि उनलाई उतै लैजाने तयारी भएको हो । प्रहरी स्राेतका अनुसार केही दिन भित्र उनलाई रुपन्देही लगिनेछ ।
कास्की जिल्ला अदालतले बिहीबार पूर्वगृहमन्त्री लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियाे । लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुनेछ ।
सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानमा गरिरहेको प्रहरीले सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि एकसाथ लैजाने तयारी गरेको हाे ।
सङ्गठित अपराध अनुसन्धानमा ६० दिन हिरासतमा राख्न मिल्छ । सम्पत्ति शुद्धीकरण ९० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ ।
रास्वपा सभापति लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)