रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी

Satya Sanchar सत्य सञ्चार

पाेखरा । सहकारीको बचत अपचलन आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी भएको छ ।

संगठित अपराधमा रुपन्देही जिल्ला अदालतबाट अर्को पक्राउ पुर्जी जारी भएपछि उनलाई उतै लैजाने तयारी भएको हो । प्रहरी स्राेतका अनुसार केही दिन  भित्र उनलाई रुपन्देही लगिनेछ ।

कास्की जिल्ला अदालतले बिहीबार  पूर्वगृहमन्त्री लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको  थियाे  । लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुनेछ ।

सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानमा गरिरहेको प्रहरीले सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि एकसाथ लैजाने तयारी गरेको हाे ।

सङ्गठित अपराध अनुसन्धानमा ६० दिन हिरासतमा राख्न मिल्छ । सम्पत्ति शुद्धीकरण ९० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ ।

रास्वपा सभापति लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।

प्रकाशित मिति: शुक्रबार, ०९ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.