प्राधिकरणले काट्यो ४३ उद्योगको लाइन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता नबुझाएका ४३ उद्योगको विद्युत् लाइन काटेको छ ।

बिहीबार राति डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन काटिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।

गत असोज २४ गते प्राधिकरणले सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो ।

बक्यौता तिर्नका लागि कात्तिक ८ गतेसम्मको समय सीमा दिएको थियो । प्राधिकरणका अनुसार बिहीबार मात्रै पाँच उद्योगले बक्यौता वापतको महसुल बुझाएका थिए । नतिर्ने अरु उद्योगको लाइन काटेको हो ।

बिहीबार बिहान बसेको प्राधिकरण बोर्ड बैठकमा ऊर्जा मन्त्री दिपक खड्काले डेडिकेटेड तथा ट्रंक लाइन विवाद दिगो रुपमा समाधान गर्नुपर्ने भन्दै उद्योगीहरूको लाइन तत्काल नकाट्न निर्देशन दिएका थिएका थिए । तर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लाइन काटेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, ०९ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.