अरुको रचना कपी गरेर सामाजिक सञ्जालमा राख्नु भएको छ ? दुई वर्षसम्म सजाय हुनसक्छ

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अरुले बनाएका भिडियोलाई कपी गरेर आफ्नो सामाजिक सञ्जालमा राख्दै आउनुभएको छ भने सचेत रहनुहोला । अरुको सामग्रीको कपी गरी सामाजिक सञ्जालमा प्रयोग गर्दा दुई वर्षसम्म सजाय हुनसक्छ ।

सर्जकको अनुमति बेगर कुनै पनि लेख, फोटो, गीत, संगीत, चलचित्र कपी गर्नु कानुन विपरित हो, यो कार्य गर्दा २ वर्षसम्म कैद हुन सक्छ ।

सामाजिक सञ्जालमा जनचेतनामूलक भिडियो सन्देश राख्दै नेपाल प्रहरीले सिर्जना चोरी गर्दा हुने सजायबारे सबैलाई सचेत गराएको छ ।

‘कुनै पनि लेख, फोटो, गीत, सङ्गीत, चलचित्रहरू बौद्धिक सम्पत्ति हुन् । त्यस्ता बौद्धिक सम्पत्तिलाई सर्जकको अनुमति बेगर चोरी गर्ने, टिकटक बनाउने, रिलमा प्रसारण गर्ने, फिल्म हलमा रेकर्ड गरेर आफ्नो सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने लगायतका गैर कानुनी क्रियाकलापहरू नगर्न नगराउन सबैमा अनुरोध छ,’ प्रहरीको भिडियोमा भनिएको छ ।

यदि कसैले त्यसो गरे प्रतिलिपि अधिकार ऐन २०५९ बमोजिम कारबाही गरिने भन्दै भिडियो मार्फत सचेत गराइएको हो । जसअनुसार पहिलो पटकको हकमा १० हजारदेखि १ लाख रुपैयाँ जरिबाना तथा ६ महिनासम्म कैद सजाय हुने छ । पटक पटक कार्य गर्ने पटकेको हकमा २० हजारदेखि २ लाख रुपैयाँसम्म जरिबाना तथा २ वर्षसम्म कैद सजाय अथवा दुवै सजाय हुने छ ।

प्रकाशित मिति: शुक्रबार, ०९ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.