अरुको रचना कपी गरेर सामाजिक सञ्जालमा राख्नु भएको छ ? दुई वर्षसम्म सजाय हुनसक्छ

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अरुले बनाएका भिडियोलाई कपी गरेर आफ्नो सामाजिक सञ्जालमा राख्दै आउनुभएको छ भने सचेत रहनुहोला । अरुको सामग्रीको कपी गरी सामाजिक सञ्जालमा प्रयोग गर्दा दुई वर्षसम्म सजाय हुनसक्छ ।

सर्जकको अनुमति बेगर कुनै पनि लेख, फोटो, गीत, संगीत, चलचित्र कपी गर्नु कानुन विपरित हो, यो कार्य गर्दा २ वर्षसम्म कैद हुन सक्छ ।

सामाजिक सञ्जालमा जनचेतनामूलक भिडियो सन्देश राख्दै नेपाल प्रहरीले सिर्जना चोरी गर्दा हुने सजायबारे सबैलाई सचेत गराएको छ ।

‘कुनै पनि लेख, फोटो, गीत, सङ्गीत, चलचित्रहरू बौद्धिक सम्पत्ति हुन् । त्यस्ता बौद्धिक सम्पत्तिलाई सर्जकको अनुमति बेगर चोरी गर्ने, टिकटक बनाउने, रिलमा प्रसारण गर्ने, फिल्म हलमा रेकर्ड गरेर आफ्नो सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने लगायतका गैर कानुनी क्रियाकलापहरू नगर्न नगराउन सबैमा अनुरोध छ,’ प्रहरीको भिडियोमा भनिएको छ ।

यदि कसैले त्यसो गरे प्रतिलिपि अधिकार ऐन २०५९ बमोजिम कारबाही गरिने भन्दै भिडियो मार्फत सचेत गराइएको हो । जसअनुसार पहिलो पटकको हकमा १० हजारदेखि १ लाख रुपैयाँ जरिबाना तथा ६ महिनासम्म कैद सजाय हुने छ । पटक पटक कार्य गर्ने पटकेको हकमा २० हजारदेखि २ लाख रुपैयाँसम्म जरिबाना तथा २ वर्षसम्म कैद सजाय अथवा दुवै सजाय हुने छ ।

प्रकाशित मिति: शुक्रबार, ०९ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.