मोरङमा टिपरकाे ठक्करबाट महिलाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको सुन्दरहरैँचामा तीव्र गतिको टिपरले ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–१० किस्ती पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २८ प ६१३२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिएकाे हाे । दिउँसो ३ः४० बजेतिर दुर्घटना हुँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ ।

अन्दाजी ३०/३२ वर्षीया महिलाको पहिचान खुल्न बाँकी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार टिपरले ठक्कर दिएपछि गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले दिउँसो ४ः३० बजेतिर मृत घोषित गरिदिएको डीएसपी जोशीले बताए ।

टिपर र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपर चालक फरार रहेकाले खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, ०८ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.