विराटनगर । मोरङको सुन्दरहरैँचामा तीव्र गतिको टिपरले ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–१० किस्ती पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २८ प ६१३२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिएकाे हाे । दिउँसो ३ः४० बजेतिर दुर्घटना हुँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ ।
अन्दाजी ३०/३२ वर्षीया महिलाको पहिचान खुल्न बाँकी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार टिपरले ठक्कर दिएपछि गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले दिउँसो ४ः३० बजेतिर मृत घोषित गरिदिएको डीएसपी जोशीले बताए ।
टिपर र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपर चालक फरार रहेकाले खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,229)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)