चिनियाँ नागरिकसँग बालविवाह गराउने ८ जना सुनसरीबाट पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । चिनियाँ नागरिकसँग बालविवाह गराउने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटाको छथर जोरपाटी २ की १६ वर्षकी किशोरीलाई चिनियाँ नागरिकसँग जबरजस्ती बालविवाह गराउने किशोरीका बुबासहित ८ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार किशोरीलाई घरबाट ललाइफकाई चतरास्थित औलिया बाबाको मन्दिरमा लगेर बालविवाह गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सो कार्यमा सम्लग्न तीन चिनियाँ नागरिक र ५ नेपालीलाई पक्राउ गरी घटनाको अनुसन्धान अगाडि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई चीनको हुबेल बस्ने ३३ वर्षीय लि टेङसँग विबाह गराउँदै गरेको अवस्थामा बेहुलासहितका मानिसहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उमेर नपुगेकी छोरीलाई जबरजस्ती विवाह गराउने किशोरीका बाबु, चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दिपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका १२ का २० वर्षीय सितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका ३ की २० वर्षीया रोशनीमाया तामाङ,  चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरेको हो ।

किशोरीलाई प्रलोभनमा पारी जबरजस्ती विवाह गरेको पाइएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । पक्राउ परेका आठै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, ०८ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.