चिनियाँ नागरिकसँग बालविवाह गराउने ८ जना सुनसरीबाट पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । चिनियाँ नागरिकसँग बालविवाह गराउने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटाको छथर जोरपाटी २ की १६ वर्षकी किशोरीलाई चिनियाँ नागरिकसँग जबरजस्ती बालविवाह गराउने किशोरीका बुबासहित ८ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार किशोरीलाई घरबाट ललाइफकाई चतरास्थित औलिया बाबाको मन्दिरमा लगेर बालविवाह गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सो कार्यमा सम्लग्न तीन चिनियाँ नागरिक र ५ नेपालीलाई पक्राउ गरी घटनाको अनुसन्धान अगाडि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई चीनको हुबेल बस्ने ३३ वर्षीय लि टेङसँग विबाह गराउँदै गरेको अवस्थामा बेहुलासहितका मानिसहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उमेर नपुगेकी छोरीलाई जबरजस्ती विवाह गराउने किशोरीका बाबु, चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दिपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका १२ का २० वर्षीय सितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका ३ की २० वर्षीया रोशनीमाया तामाङ,  चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरेको हो ।

किशोरीलाई प्रलोभनमा पारी जबरजस्ती विवाह गरेको पाइएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । पक्राउ परेका आठै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, ०८ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.