रवि र छविलाई थप सात दिन हिरासतमा राख्न अनुमति

Satya Sanchar सत्य सञ्चार

पोखरा । सूर्यदर्शन सहकारीको बचत अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले थप सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत, कास्कीका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रवि र पूर्वडिआइजी छविलाल जोशीलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो ।

आइतबार अदालतमा उपस्थित गराउँदा अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । अदालतले दिएको समय सकिएपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

पूर्व डीआईजी जोशी  असोज ६ गते पक्राउ परेका थिए ।

प्रकाशित मिति: बिहिबार, ०८ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.