काेशी प्रदेशमा भूपेन्द्रलाई दुई मन्त्रालयकाे जिम्मेवारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । काेशी प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले दुई वटा मन्त्रालयकाे जिम्मेवारी पाएका छन्  ।

नेपाली कांग्रेस भित्रको आन्तरिक विवादका कारण मन्त्रीको नाम नपठाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसको भागमा परेको मन्त्रालय कांग्रेसकै  मन्त्री राईलाई जिम्मा लगाएका हुन् ।

बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालय कांग्रेसबाट सरकारको नेतृत्व गरेका भौतिक पूर्वाधार विकास मन्त्री राईलाई दिएका हुन् ।

‘कांग्रेसको भागमा परेका कारण सरसल्लाहमा उहाँहरूलाई नै जिम्मेवारी दिएको हो,’ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने,‘ यति भएपछि सरकारले पूर्णता पनि पायो ।’

मुख्यमन्त्री निकट स्रोतका डाक्टर शेखर कोइराला समूहले गुनासो गरेपछि कांग्रेसको भागको मन्त्री कांग्रेसलाई जिम्मा दिइएको हो । ‘उहाँहरूले नाम पठाउन सक्नु भएन, नपठाएपछि अर्काको भागको मन्त्रालय धेरै समय किन राख्नु,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो,‘ आन्तरिक भागबन्डाको विषय अब उहाँहरूले नै मिलाउनुहुन्छ ।’

गत असार तेस्रो साता कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय र दुई राज्यमन्त्री पाउने सहमति भएको थियो । पार्टीको भागमा परेको ४ मध्ये दुई मन्त्रालयमा डाक्टर शेखर कोइरालाले दाबी गरे । एउटा मन्त्री र एउटा राज्यमन्त्री दिन सभापति शेरबहादुर देउवा तयार भएपनि कोइराला समूहले नाम पठाएन । कोइराला समूहले नाम नपठाएपछि गत भदौ २८ गते कांग्रेसबाट ३ जना मन्त्री बनेका थिए ।

डेढ महिनासम्म कोइराला समूहले नाम नपठाएपछि कांग्रेसलाई नै जिम्मा दिएको हो । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले कांग्रेसको भागमा परेका कारण मुख्यमन्त्रीले जिम्मेवारी दिएको बताए ।

प्रकाशित मिति: बिहिबार, ०८ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.