३३ केभी विद्युत प्रसारणलाइन मुनि महानगर अटिजम सेवा केन्द्र

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिकाले ३३ केभी विद्युत प्रसारणलाइन मुनि अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

अटिजम भएका बालबालिकाको हेरचाहका लागि विराटनगर महानगरपालिका–४ मा ३३ केभी प्रसारणलाइन मुनि अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

करुण फाउन्डेशनको सहयोगमा सञ्चालनमा आएको केयर सेन्टरको उदघाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । उदघाटन गर्दै उनले आफ्नो कार्यकालको ‘ड्रिम प्रोजेक्ट’ अटिजम सेवा केन्द्र पनि भएको बताए । ‘विराटनगरमा अटिजम भएका थुप्रै बालबालिका छन् । उनीहरूका लागि केही गर्नुपर्छ भन्ने म मेयर हुँदादेखि नै लागेको थियो,’ कोइरालाले भने, ‘भित्रैदेखि चाहेको कुरा आज पूरा भएको छ ।’ केन्द्र सञ्चालनका लागि महानगरपालिकाले आफ्नै कार्यविधि पनि बनाएको छ ।

३३ हजार केभी प्रसारणलाइन मुनि अटिजम सेवा केन्द्र खोलेपछि जाेखिम बढेकाे छ ।‘विद्युत प्रसारणलाइन मुनि बस्नु जोखिमपूर्ण हुन्छ, अटिजम भएका बालबालिकालाई राख्दा झन् जोखिम बढ्छ,’ अटिजमको क्षेत्रमा काम गरिरहेका एक चिकित्सकले भने, ‘प्रसारणलाइन मुनि निरन्तर राख्दा  गम्भीर समस्या निम्तनसक्छ ।’

विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक दिलीपकुमार यादवले बालबालिका खेल्ने स्थानमाथि ३३ केभी प्रसारण लाइन भए पनि असर नगर्ने जिकिर गरे । ‘बच्चाहरुलाई पढाउने खेलाउने बिल्डिङ अलग छ, बाहिर भनेको एकछिन खेल्नका लागि मात्रै हो ।’ उनले भने, ‘त्यहाँ मापदण्ड भित्र रहेर बनाएको छ, असर गर्दैन ।’

यादवका अनुसार भाडाको घरमा केन्द्रको संरचना तयार गर्नका लागि महानगरपालिकाले ३० लाख रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सेन्टर सञ्चालनका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।

२५ जना बालबाालिका रहेको केन्द्रमा बालबालिकाको रेखदेखका लागि महानगरपालिकाले ९ जना कर्मचारी खटाएको छ । केन्द्रमा फिजियोथेरापी, स्पीच थेरापी (बोल्न सिकाउने) तथा बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान गरिने महानगरले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, ०८ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.