३३ केभी विद्युत प्रसारणलाइन मुनि महानगर अटिजम सेवा केन्द्र

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिकाले ३३ केभी विद्युत प्रसारणलाइन मुनि अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

अटिजम भएका बालबालिकाको हेरचाहका लागि विराटनगर महानगरपालिका–४ मा ३३ केभी प्रसारणलाइन मुनि अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

करुण फाउन्डेशनको सहयोगमा सञ्चालनमा आएको केयर सेन्टरको उदघाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । उदघाटन गर्दै उनले आफ्नो कार्यकालको ‘ड्रिम प्रोजेक्ट’ अटिजम सेवा केन्द्र पनि भएको बताए । ‘विराटनगरमा अटिजम भएका थुप्रै बालबालिका छन् । उनीहरूका लागि केही गर्नुपर्छ भन्ने म मेयर हुँदादेखि नै लागेको थियो,’ कोइरालाले भने, ‘भित्रैदेखि चाहेको कुरा आज पूरा भएको छ ।’ केन्द्र सञ्चालनका लागि महानगरपालिकाले आफ्नै कार्यविधि पनि बनाएको छ ।

३३ हजार केभी प्रसारणलाइन मुनि अटिजम सेवा केन्द्र खोलेपछि जाेखिम बढेकाे छ ।‘विद्युत प्रसारणलाइन मुनि बस्नु जोखिमपूर्ण हुन्छ, अटिजम भएका बालबालिकालाई राख्दा झन् जोखिम बढ्छ,’ अटिजमको क्षेत्रमा काम गरिरहेका एक चिकित्सकले भने, ‘प्रसारणलाइन मुनि निरन्तर राख्दा  गम्भीर समस्या निम्तनसक्छ ।’

विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक दिलीपकुमार यादवले बालबालिका खेल्ने स्थानमाथि ३३ केभी प्रसारण लाइन भए पनि असर नगर्ने जिकिर गरे । ‘बच्चाहरुलाई पढाउने खेलाउने बिल्डिङ अलग छ, बाहिर भनेको एकछिन खेल्नका लागि मात्रै हो ।’ उनले भने, ‘त्यहाँ मापदण्ड भित्र रहेर बनाएको छ, असर गर्दैन ।’

यादवका अनुसार भाडाको घरमा केन्द्रको संरचना तयार गर्नका लागि महानगरपालिकाले ३० लाख रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सेन्टर सञ्चालनका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।

२५ जना बालबाालिका रहेको केन्द्रमा बालबालिकाको रेखदेखका लागि महानगरपालिकाले ९ जना कर्मचारी खटाएको छ । केन्द्रमा फिजियोथेरापी, स्पीच थेरापी (बोल्न सिकाउने) तथा बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान गरिने महानगरले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, ०८ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.