विराटनगर । नेपालमा जारी साफ महिला च्याम्पियनसिपमा आज घरेलु टोलीले श्रीलंकासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र श्रीलंकाको खेल अघि माल्दिभ्स र भुटान खेल्नेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल अपराह्न साढे एक बजेदेखि शुरु हुने छ भने दोस्रो खेल साढे ५ बजेदेखि शुरु हुने छ ।
समूह बी मा नेपाल २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा छ । भुटान ४ अंकसहित दोस्रो स्थानमा छ । श्रीलंका २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ । आजको खेलले सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्छ ।
नेपालका लागि श्रीलंकासँग बराबरी खेलेमात्र पनि सेमिफाइनलको यात्रा निश्चित हुने छ । भुटान र श्रीलंकाको पनि अन्तिम चारमा पुग्ने सम्भावना छ । माल्दिभ्स भने २ खेलमा पराजित भएका कारण सेमिफाइनलको दौडबाट बाहिरिएको छ ।
जारी प्रतियोगितामा समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन् । पाकिस्तान समुह चरणबाटै बाहिरिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)