विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) काे जिम्मेवारीमा आएका नारायणप्रसाद चिमरियाले आफूसँग कुनै नयाँ योजना नरहेको बताएका छन् ।
बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै उनले आफुसँग छुट्टै याेजना नरहेकाे बताएका हुन् । उनले प्रहरीकाे जिम्मेवारी अनुसार काम गर्ने बताए ।
‘मेरो नयाँ केही योजना छैन । प्रचालित कानुनअनुसार काम गर्छु,’ उनले भने,’ शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा विभागीय एवं संगठनको नीतिभन्दा बाहिर गएर काम गर्दिन ।’
‘समस्याको पहिचान गर्दै त्यहीअनुसारको योजना बनाएर काम गरिने छ,’ उनले भने, ‘पीडित र नागरिकमैत्री सेवा प्रवाहमा जोड दिइने छ ।’ उनले आफ्नो कार्यकालमा विवादरहित भएर काम गर्ने प्रतिबद्धतासमेत जनाए ।
मोरङमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा देखिने समस्याहरु केलाउने काम आफूले गरिरहेको उनले बताए । ‘यहाँ ठाउँअनुसारका धेरै समस्याहरु छन् । तिनका बारेमा सबै पक्षबाट जानकारी लिने काम गरिरहेको छु,’ चिमरियाले भने,‘समस्याको समाधान गर्ने गरी योजना बनाएर अघि बढ्छु । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।’
माेरङ प्रहरी प्रमुख नवराज कार्की आर्थिक लेनदेन विवादमा तानिएपछि चिमरिया काजमा सोमबार मोरङ हाजिर भएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)