माेरङका नयाँ प्रहरी प्रमुख भन्छन्, ‘प्रहरीकाे जिम्मेवारी अनुसार काम गर्छु’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) काे जिम्मेवारीमा आएका नारायणप्रसाद चिमरियाले आफूसँग कुनै नयाँ योजना नरहेको बताएका छन् ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै उनले आफुसँग छुट्टै याेजना नरहेकाे बताएका हुन् । उनले प्रहरीकाे जिम्मेवारी अनुसार काम गर्ने बताए ।

‘मेरो नयाँ केही योजना छैन । प्रचालित कानुनअनुसार काम गर्छु,’ उनले भने,’ शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा विभागीय एवं संगठनको नीतिभन्दा बाहिर गएर काम गर्दिन ।’

 ‘समस्याको पहिचान गर्दै त्यहीअनुसारको योजना बनाएर काम गरिने छ,’ उनले भने, ‘पीडित र नागरिकमैत्री सेवा प्रवाहमा जोड दिइने छ ।’ उनले आफ्नो कार्यकालमा विवादरहित भएर काम गर्ने प्रतिबद्धतासमेत जनाए ।

मोरङमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा देखिने समस्याहरु केलाउने काम आफूले गरिरहेको उनले बताए । ‘यहाँ ठाउँअनुसारका धेरै समस्याहरु छन् । तिनका बारेमा सबै पक्षबाट जानकारी लिने काम गरिरहेको छु,’ चिमरियाले भने,‘समस्याको समाधान गर्ने गरी योजना बनाएर अघि बढ्छु । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।’

माेरङ प्रहरी प्रमुख नवराज कार्की आर्थिक लेनदेन विवादमा तानिएपछि चिमरिया काजमा सोमबार मोरङ हाजिर भएका थिए ।

प्रकाशित मिति: बुधबार, ०७ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.