सीआईबी प्रमुखकाे नाममा धम्की दिने युवक पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । ‘ ट्रु कलर’ एपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाको नाम र फोटो राखेर धम्की दिएको आरोपमा प्रहरीले विराटनगरबाट एक युवक पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१ ठूलो मिलचोक घर भएका ३० वर्षीय हेमकुमार खड्का छन् । उनलाई सीआईबीले ठूलो मिलचोकबाटै मंगलबार पक्राउ गरेको हो ।

उनले ‘ट्रु कलर’ एपमा एआईजी थापाको नाम र फोटो राख्दै वित्तिय संस्थाका व्यक्तिलाई फोन गर्दै सीआईबीबाट एआईजी बोलेको भन्दै धम्क्याउने गरेको सीआईबीले जनाएको छ ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाइएको छ । माेरङ प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

प्रकाशित मिति: बुधबार, ०७ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.