सीआईबी प्रमुखकाे नाममा धम्की दिने युवक पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । ‘ ट्रु कलर’ एपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाको नाम र फोटो राखेर धम्की दिएको आरोपमा प्रहरीले विराटनगरबाट एक युवक पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१ ठूलो मिलचोक घर भएका ३० वर्षीय हेमकुमार खड्का छन् । उनलाई सीआईबीले ठूलो मिलचोकबाटै मंगलबार पक्राउ गरेको हो ।

उनले ‘ट्रु कलर’ एपमा एआईजी थापाको नाम र फोटो राख्दै वित्तिय संस्थाका व्यक्तिलाई फोन गर्दै सीआईबीबाट एआईजी बोलेको भन्दै धम्क्याउने गरेको सीआईबीले जनाएको छ ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाइएको छ । माेरङ प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

प्रकाशित मिति: बुधबार, ०७ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.