अध्यादेशबाट बनाएको पुनःनिर्माण कोषमा प्रदेशको ४० करोड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले बाढी पहिरोका कारण क्षति पुगेको संरचना मर्मत तथा निर्माणका लागि ‘मर्मत तथा पुननिर्माण कोष’मा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।  कात्तिक ४ गते अध्यादेश मार्फत विपद् व्यवस्थापन ऐन २०७५ संशोधन गर्दै मर्मत तथा पुननिर्माण कोष कोषको व्यवस्था गरेको थियो ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गत असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण भएको क्षतिको पुननिर्माण र मर्मतसम्भारका लागि मर्मत तथा पुननिर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले कटौती गर्न नमिल्ने रकम बाहेक अन्य शीर्षकबाट कोषमा बजेट व्यवस्थापन गरिएको बताए । यो कोषमा प्रदेशका मन्त्रीले १० दिनको पारिश्रमिक जम्मा गर्ने भएका छन् ।

सांसदहरूलाई सम्बन्धित दलमार्फत सहयोग गर्न आग्रह गर्ने र कर्मचारी तथा अन्य सरोकारवालाहरूलाई पनि कोषमा सहयोग गर्न आव्हान गर्ने निर्णय भएको मन्त्री अधिकारीले बताए । बाढी पहिरोको कारण कोशी प्रदेशमा सडक, पुल, सिँचाइ, भवन, विद्यालय गरेर ४ अर्ब रुपैयाँ बढीको क्षति भएको  थियो ।

प्रकाशित मिति: बुधबार, ०७ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.