अध्यादेशबाट बनाएको पुनःनिर्माण कोषमा प्रदेशको ४० करोड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले बाढी पहिरोका कारण क्षति पुगेको संरचना मर्मत तथा निर्माणका लागि ‘मर्मत तथा पुननिर्माण कोष’मा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।  कात्तिक ४ गते अध्यादेश मार्फत विपद् व्यवस्थापन ऐन २०७५ संशोधन गर्दै मर्मत तथा पुननिर्माण कोष कोषको व्यवस्था गरेको थियो ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गत असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण भएको क्षतिको पुननिर्माण र मर्मतसम्भारका लागि मर्मत तथा पुननिर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले कटौती गर्न नमिल्ने रकम बाहेक अन्य शीर्षकबाट कोषमा बजेट व्यवस्थापन गरिएको बताए । यो कोषमा प्रदेशका मन्त्रीले १० दिनको पारिश्रमिक जम्मा गर्ने भएका छन् ।

सांसदहरूलाई सम्बन्धित दलमार्फत सहयोग गर्न आग्रह गर्ने र कर्मचारी तथा अन्य सरोकारवालाहरूलाई पनि कोषमा सहयोग गर्न आव्हान गर्ने निर्णय भएको मन्त्री अधिकारीले बताए । बाढी पहिरोको कारण कोशी प्रदेशमा सडक, पुल, सिँचाइ, भवन, विद्यालय गरेर ४ अर्ब रुपैयाँ बढीको क्षति भएको  थियो ।

प्रकाशित मिति: बुधबार, ०७ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.