झापामा बसको ठक्करबाट हजुरबुबा नातिनीको मृत्यु

Satya Sanchar सत्य सञ्चार
सांकेतिक तस्विर

विराटनगर । झापामा बसको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

बुधबार बेलुका पूर्वपश्चिम राजमार्गको झापाको केरखामा खण्डमा काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको प्र. १– ०१ – ००१ ख ४३३१ नम्बरको रात्रिबसको ठक्करबाट हजुरबुबा नातिनीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बसले इलेक्ट्रिक साइकललाई ठक्कर दिदा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनका १० वर्षीया नातिनीको मृत्यु भएको हो ।

दुर्घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । ठक्कर दिन बसमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, ०७ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.