विराटनगर । झापाको दमकमा एक युवकको हत्या भएको छ ।
दमक नगरपालिका–९ का ३२ वर्षीय देशु भनिने यामु निरौलाको मावा खोलाको पुलमा हत्या भएको हो ।
झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार कुटपिट गरि हत्या भएको हो ।
प्रहरीका अनुसार दमक–३ स्थित दमक–मधुमल्ला सडक खण्डको मावा खोलाको पुलमा निरौलाको मंगलबार दिउँसो ४ बजेतिर हत्या भएको हो । उनीमाथि दुई जनाले कुटपिट गरेका थिए ।
हत्याको कारण खुल्न नसकेको बताएको प्रहरीले घटनामा संलग्नको खोजी भइरहेको बताएको छ । प्रहरीका अनुसार जग्गाको लेनदेन विवादमा निरौलाको हत्या भएको जस्तो देखिन्छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,619)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)