विराटनगर । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार निरंकुशतातर्फ उन्मुख भइरहेको आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै श्रेष्ठले वर्तमान दुई ठूला दल सम्मिलित सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने प्रयास गरेर निरंकुशता प्रदर्शन गर्न खोजेको बताए । दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोज्नु नै सरकार निरंकुशतातर्फ उन्मुख हुँदैछभन्ने प्रमाण भएको उनको जिकिर छ ।
सरकारले निरंकुशता लादेर अन्य राजनीतिक पार्टीहरुलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप उनले लगाए । अहिलेको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको श्रेष्ठको भनाइ छ ।
बाढी, पहिरोबाट पीडितहरुका लागि यो सरकारले राहत र पुनःस्थापाको काम प्रभवकारी ढंगले गर्न नसकेको भन्दै उनले जनताको पक्षमा उभिएर आफ्नो पार्टीले खबरदारी गरिरहेको बताए । विधि पुर्याएर निष्पक्ष अनुसन्धान गर्न पाउने अधिकार सरकारसँग भएपनि ‘इगो’ राखेर सहकारी ठगीका नाममा रवि लामिछानेलाई पक्राउ गरिएको उनको भनाइ छ ।
‘रवि लामिछानेमाथि निष्पक्ष, स्वतन्त्र र भेदभावरहित अनुसन्धान हुन सकिरहेको छैन । सहकारी ठगीमा प्रत्यक्ष संलग्न सत्तारुढ पार्टीहरुकै नेताहरुलाई चैं किन अनुसन्धान गरिएन ?,’ प्रश्न गर्दै श्रेष्ठले भने, ‘अरुलाई कानुनको दायरामा किन ल्याइएन भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ । अहिले अनुसन्धान गर्ने कुरामा भेदभाव भइरहेको छ ।’
माओवादी नेता श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताए । सरकारले कुनै सकारात्मक काम गर्न नसकेका कारण समीक्षा गर्न मिहिनेत गर्नै आवश्यक नरहेको उनको तर्क छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)