सरकार निरंकुशतातर्फ उन्मुख भयाे : नारायणकाजी श्रेष्ठ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार निरंकुशतातर्फ उन्मुख भइरहेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै श्रेष्ठले वर्तमान दुई ठूला दल सम्मिलित सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने प्रयास गरेर निरंकुशता प्रदर्शन गर्न खोजेको बताए । दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोज्नु नै सरकार निरंकुशतातर्फ उन्मुख हुँदैछभन्ने प्रमाण भएको उनको जिकिर छ ।

सरकारले निरंकुशता लादेर अन्य राजनीतिक पार्टीहरुलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप उनले लगाए । अहिलेको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको श्रेष्ठको भनाइ छ ।

बाढी, पहिरोबाट पीडितहरुका लागि यो सरकारले राहत र पुनःस्थापाको काम प्रभवकारी ढंगले गर्न नसकेको भन्दै उनले जनताको पक्षमा उभिएर आफ्नो पार्टीले खबरदारी गरिरहेको बताए । विधि पुर्याएर निष्पक्ष अनुसन्धान गर्न पाउने अधिकार सरकारसँग भएपनि ‘इगो’ राखेर सहकारी ठगीका नाममा रवि लामिछानेलाई पक्राउ गरिएको उनको भनाइ छ ।

‘रवि लामिछानेमाथि निष्पक्ष, स्वतन्त्र र भेदभावरहित अनुसन्धान हुन सकिरहेको छैन । सहकारी ठगीमा प्रत्यक्ष संलग्न सत्तारुढ पार्टीहरुकै नेताहरुलाई चैं किन अनुसन्धान गरिएन ?,’ प्रश्न गर्दै श्रेष्ठले भने, ‘अरुलाई कानुनको दायरामा किन ल्याइएन भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ । अहिले अनुसन्धान गर्ने कुरामा भेदभाव भइरहेको छ ।’

माओवादी नेता श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताए । सरकारले कुनै सकारात्मक काम गर्न नसकेका कारण समीक्षा गर्न मिहिनेत गर्नै आवश्यक नरहेको उनको तर्क छ ।

प्रकाशित मिति: बुधबार, ०७ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.