अमेरिका पुगे अर्थमन्त्री पाैडेल

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री विष्णु पौडेल अमेरिका पुगेका छन् ।

उनलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरे ।

मन्त्री पौडेलले बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । त्यस क्रममा विभिन्न मुुलुकका सकमकक्षी र कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

उनले अमेरिकी उद्यमी–व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: बुधबार, ०७ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.