कोशीका सहकारीमा २१ लाख ७८ हजार सदस्य, बचत ९२ अर्ब २५ करोड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीका ठूला सहकारीहरुमा ५ लाख रुपैयाँसम्म बचत गर्नेहरुको ३३ अर्बभन्दा बढी बचत रहेकाे कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले जनाएकाे छ ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेश मातहतका सहकारी संघ- संस्थाहरुमा ५ लाखसम्म बचत गर्ने वचतकर्ताको जम्मा रकम र सदस्यको प्रारम्भिक विवरण तयार गर्दा पाँच लाखसम्मको बचत मात्रै ३३ अर्ब देखिएको हो ।

रजिष्ट्रार कार्यालयका अनुसार मोरङ झापा र सुनसरीका ११२ वटा सहकारीमा ३ लाखसम्म बचत गर्ने ८ लाख ८ हजार ४३९ बचतकर्ता छन् । ती बचतकर्ताको २८ अर्ब २० करोड ११ लाख ७ हजार ५८० रुपैयाँ सहकारीमा छ । ५ लाखसम्म बचत गर्ने १३ हजार ८७२ जना बचतकर्ता छन् । ती बचतकर्ताको ४ अर्ब ९० करोड ९५ लाख ३७ हजार ४१७ रुपैयाँ बचत छ ।

कोशी प्रदेश अन्तर्गत नियमन हुने सहकारी १ हजार ७८ वटा छन् भने स्थानीय सरकार अन्तर्गत ३ हजार ६५१ वटा सहकारी छन् । सहकारीमा १४ हजार २५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रदेश सरकार अन्तर्गत रहेका १ हजार ७८ सहकारीमा मात्रै १२ लाख १५ हजार ३४४ सदस्यको १३ अर्ब २४ करोड २७ लाख ८ हजार रुपैयाँ शेयरपूँजी र वचतकर्ताको ६५ अर्ब ५८ करोड ८७ लाख ७५ हजार रुपैयाँ बचत छ ।

ती सहकारीहरुको ऋण लगानी ८१ अर्ब १३ करोड ९ लाख ५४ हजार छ । सम्पत्ती दायित्व १ खर्ब ३ अर्ब ९ करोड २१ लाख ५४ हजार रहेको छ ।

कोशी प्रदेशमा भएका सबै सहकारीमा २१ लाख ७८ हजार ५०३ शेयर सदस्य छन् । ति सहकारीकाे  शेयर पूँजी २१ अर्ब ५२ करोड ९२ लाख ८२ हजार ८२२ रुपैयाँ छ ।

प्रदेशका सहकारीमा सर्वसाधारणकाे कूल बचत ९२ अर्ब २५ करोड ५९ लाख ७९ हजार ३२८ छ । कर्जा प्रवाह १ खर्ब १३ अर्ब ११ करोड १८ लाख ९८ हजार ७१३ छ ।

सहकारीकाे जम्मा सम्पत्ती र दायित्व १ खर्ब ४५ अर्ब १७ करोड ३७ लाख ४१ हजार ४८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ०६ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.