सांकेतिक तस्वीर । उदयपुर । उदयपुरमा आफ्नै पतिले पेट्रोल खन्याएर शरीरमा आगो लगाएकी एक जना महिलाको मृत्यु भएको छ ।
बेलका नगरपालिका–८ का पति ४८ वर्षीय दानबहादुर राईले पेट्रोल खन्याएर आगो लगाउँदा ४० वर्षीया श्रीमती (पत्नी) पूर्णकुमारी राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार पूर्णकुमारीलाई घरयासी विवादका क्रममा दानबहादुरले असोज २२ गते पेट्रोल खन्याएर आगो लगाएका थिए ।
आगोले शरीरका विभिन्न भाग जलेको थियो । गम्भीर अवस्थाकी पूर्णकुमारीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो ।
उपचारकै क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर सुमन बानियाले बताए ।
पत्नीको शरीरमा पेट्रोल खन्याएर आगो लगाउने दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,361)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,229)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,165)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)