विराटनगर । नेकपा (माओवादी केन्द्र)ले ग्रामथान गाउँपालिकाको उपनिर्वाचनको लागि अध्यक्षको उम्मेदवार घोषणा गरेको छ ।
सोमबार कांग्रेस छाडेर माओवादी केन्द्र प्रवेश गरेका नमोनारायण माझीलाई अध्यक्षको उम्मेदवार घोषणा गरेको हो ।
माझी ग्रामथान गाउँपालिकाको १ नम्बर वडाका पूर्व अध्यक्ष हुन् । ०७४ सालमा फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका उनी २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए । निर्वाचनमा उनी तेस्रो भए । त्यसपछि स्वतन्त्र रहेका उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
२०७९ सालको पालिका निर्वाचनमा काङ्ग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।
मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि कांग्रेस र एमालेले भने उम्मेदवारको टुंगो लगाइसकेका छैनन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)