कांग्रेस छाडेका नमोनारायण माओवादीबाट ग्रामथान अध्यक्षको उम्मेदवार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले ग्रामथान गाउँपालिकाको उपनिर्वाचनको लागि अध्यक्षको उम्मेदवार घोषणा गरेको छ ।

सोमबार कांग्रेस छाडेर माओवादी केन्द्र प्रवेश गरेका नमोनारायण माझीलाई अध्यक्षको उम्मेदवार घोषणा गरेको हो ।

माझी ग्रामथान गाउँपालिकाको १ नम्बर वडाका पूर्व अध्यक्ष हुन् । ०७४ सालमा फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका उनी २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए । निर्वाचनमा उनी तेस्रो भए । त्यसपछि स्वतन्त्र रहेका उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

२०७९ सालको पालिका निर्वाचनमा काङ्ग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि कांग्रेस र एमालेले भने उम्मेदवारको टुंगो लगाइसकेका छैनन् ।

प्रकाशित मिति: सोमबार, ०५ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.