विराटनगर । सिरहा गोलबजार नगरपालिका–१३ स्थित डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या आरोपमा प्रहरीले उनका पाँच जना साथीलाई पक्राउ गरेको छ ।
असोज २८ गते साँझ सुखीपुर नगरपालिका– १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा महाराको शव भेटिएको थियो । घटनापछि अनुसन्धान सुरु गरेको प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ परेका छन् । मृतक र हत्या आरोपी लागुऔषध सेवनकर्ता हुन् ।
महराले केटी साथी भेट्न जाने भनेपछि सुरु भएको विवदमा उनको हत्या भएको हो ।
असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए मेलामा भेला भएका साथीहरु खोलानजिक पुगेर गाँजा र लागुऔषध नाइट्राभेट ट्याबलेट सेवन गरे । त्यसपछि कृष्णले प्रेमिका भेट्न जाने बताएका थिए । तर उनीसँग भएका अन्य साथीहरुले आफूहरुले पनि भेट्ने प्रस्ताव राखे । त्यसपछि उनीहरुबीच विवाद भयो । विवादकै क्रममा कृष्णलाई अन्य साथीले हत्या गरे । हत्यापछि उनीहरुले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर पुरेका थिए । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)