केटी साथी भेट्न नदिएकाे निहुँमा युवककाे हत्या

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सिरहा गोलबजार नगरपालिका–१३ स्थित डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या आरोपमा प्रहरीले उनका पाँच जना साथीलाई पक्राउ गरेको छ ।

असोज २८ गते साँझ सुखीपुर नगरपालिका– १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा महाराको शव भेटिएको थियो । घटनापछि अनुसन्धान सुरु गरेको प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ परेका छन् । मृतक र हत्या आरोपी लागुऔषध सेवनकर्ता हुन् ।

महराले केटी साथी भेट्न जाने भनेपछि सुरु भएको विवदमा उनको हत्या भएको हो ।

असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए मेलामा भेला भएका साथीहरु खोलानजिक पुगेर गाँजा र लागुऔषध नाइट्राभेट ट्याबलेट सेवन गरे । त्यसपछि कृष्णले प्रेमिका भेट्न जाने बताएका थिए । तर उनीसँग भएका अन्य साथीहरुले आफूहरुले पनि भेट्ने प्रस्ताव राखे । त्यसपछि उनीहरुबीच विवाद भयो । विवादकै क्रममा कृष्णलाई अन्य साथीले हत्या गरे । हत्यापछि उनीहरुले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर पुरेका थिए । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: सोमबार, ०५ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.