महिला साफमा नेपालकाे दाेस्राे खेल आज

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपालमा जारी महिला साफ च्याम्पियनसिप फुटबलमा आज घरेलु टाेलीले माल्दिभ्ससँग खेल्दैछ । दशरथ रंगशालामा आज साँझ साढे ५ बजे खेल सुरु हुनेछ ।

समूह बि मा रहेका दुबै टोलीले एक–एक खेल खेलिसकेका छन् । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको थियो ।

समूहमा नेपालको १ अंक छ, भने माल्दिभ्स अंकविहीन छ। यो खेल सेमिफाइनल पुग्नका लागि निकै महत्वपूर्ण छ।​

तुलानात्मक रुपमा नेपालभन्दा माल्दिभ्स कमजोर छ। आजको खेलमा बराबरी गरे नेपाललाई बेफाइदा हुनेछ । जितको अवस्थामा सेमिफाइनलको बाटो सहज हुनेछ ।

नेपाल महिला साफको ५ वटा संस्करणमा उपविजेता बनेको थियो ।

प्रकाशित मिति: सोमबार, ०५ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.