तीन नेतालाई स्पष्टीकरण सोध्ने एमालेकाे निर्णय

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेकपा एमालेले तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै पूर्व उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

तीन नेताले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले दान दिएको जग्गाको विषयमा प्रश्न उठाएका थिए ।

महासचिव शंकर पोखरेलका अनुसार केन्द्रीय कार्यालय भवन निर्माणबारे पार्टीले गरेको निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

असोज २४ गते बसेको एमाले सचिवालय बैठकले व्यावासायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गासहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो । सो निर्णयप्रति पाण्डे र तिमिल्सिनाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । पूर्व उपाध्यक्ष रावलले भने विगतदेखि नै पार्टी निर्णयप्रति फरक मत राख्दै आएका थिए ।

प्रकाशित मिति: आइतबार, ०४ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.