विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेश जारी गरेको छ । गत ४ असोजमा प्रदेशसभाको अधिवेशन अन्त्य गरेको सरकारले ठिक एक महिनापछि आज प्रदेश सहकारी ऐन २०७६, प्रदेश विपद व्यवस्थापन ऐन २०७५ र प्रदेश निजामती सेवा ऐन २०७९ को प्रावधानलाई संसोधन गर्न अध्यादेश जारी गरेको हो ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ जारी गरे ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विश्वद्वीप बेस्राका अनुसार अध्यादेश मार्फत सहकारी ऐनलाई संशाेधन गरी प्रदेश मातहतका सङ्कटग्रस्त सहकारी घोषणा र सङ्कटग्रस्त सहकारीको व्यवस्थापनका लागि छुट्टै समिति निर्माण गर्ने प्रावधान राखिएको छ ।
‘कुनै सहकारी संस्था वा संघलाई समस्याग्रस्त घोषणा गरेपछि त्यस्तो संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि छुट्टै समिति बनाउने’ प्रावधान अध्यादेशमा छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष कानुन क्षेत्रमा १० वर्ष काम गरेको व्यक्ति हुने प्रावधान अध्यादेशमा छ ।
त्यस्तै विपद व्यवस्थापन ऐन २०७५ मा रहेको विपद कोषको स्थानमा दुई वटा कोष अध्यादेश मार्फत राखिएको छ । विपद काेष हटाएर राहत तथा उद्दार कोष र मर्मत सम्भार तथा पुननिर्माण कोष बनाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन उपसचिव अन्जनीकुमार घिमिरेका अनुसार अध्यादेश मार्फत प्रदेश निजामती सेवा ऐनको दफा ८ को कमजोरी सच्याइएको छ । उनका अनुसार ऐनकाे दफा ८ को उपदफा २० दुई ठाउँ परेका कारण संशोधन गरिएको हाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)