काेशी सरकारले जारी गरेकाे अध्यादेशमा के छ ?

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेश जारी गरेको छ । गत ४ असोजमा प्रदेशसभाको अधिवेशन अन्त्य गरेको सरकारले ठिक एक महिनापछि आज प्रदेश सहकारी ऐन २०७६, प्रदेश विपद व्यवस्थापन ऐन २०७५ र प्रदेश निजामती सेवा ऐन २०७९ को प्रावधानलाई संसोधन गर्न अध्यादेश जारी गरेको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ जारी गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विश्वद्वीप बेस्राका अनुसार अध्यादेश मार्फत सहकारी ऐनलाई संशाेधन गरी प्रदेश मातहतका सङ्कटग्रस्त सहकारी घोषणा र सङ्कटग्रस्त सहकारीको व्यवस्थापनका लागि छुट्टै समिति निर्माण गर्ने प्रावधान राखिएको छ ।

‘कुनै सहकारी संस्था वा संघलाई समस्याग्रस्त घोषणा गरेपछि त्यस्तो संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि छुट्टै समिति बनाउने’ प्रावधान अध्यादेशमा छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष कानुन क्षेत्रमा १० वर्ष काम गरेको व्यक्ति हुने प्रावधान अध्यादेशमा छ ।

त्यस्तै विपद व्यवस्थापन ऐन २०७५ मा रहेको विपद कोषको स्थानमा दुई वटा कोष अध्यादेश मार्फत राखिएको छ । विपद काेष हटाएर राहत तथा उद्दार कोष र मर्मत सम्भार तथा पुननिर्माण कोष बनाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन उपसचिव अन्जनीकुमार घिमिरेका अनुसार अध्यादेश मार्फत प्रदेश निजामती सेवा ऐनको दफा ८ को कमजोरी सच्याइएको छ । उनका अनुसार ऐनकाे दफा ८ को उपदफा २० दुई ठाउँ परेका कारण संशोधन गरिएको हाे ।

प्रकाशित मिति: आइतबार, ०४ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.