विराटनगर । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।
शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई सोही दिन पोखरा लगिएको थियो । शनिबार अदालत बन्द भएका कारण प्रहरीले आज अदालतमा उपस्थित गराएको हो ।
शुक्रबार नै प्रहरीले सहकारीको बचत अपचलन र संगठित अपराधमा अनुसन्धानका लागि रविविरुद्ध पक्राउ पुँर्जी लिएको थियो ।
रविलाई पक्राउको विरोधमा उनका समर्थकले पोखरामा प्रदर्शन गरिरहेका छन् ।
रास्वपाले प्रदर्शन गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।
निषेधित क्षेत्रमा रास्वपाका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,361)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,229)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,165)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)