नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, कुशलको ९२ रन

Satya Sanchar सत्य सञ्चार

विराटनगर ।  टी– २० अन्तर्राष्ट्रिय खेलमा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ । अमेरिकाविरूद्धको दोस्रो टी– २० खेलमा नेपालले ६ विकेटकाे क्षतिमा १७० रन बनायाे ।

नेपालका लागि कुशल भूर्तेलले अविजित ९२ रन जोडे । उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि भूर्तेलले ३४ बलमा ४ चौका र ३ छक्का हानेसहित अर्धशतक प्रहार गरेका थिए । नेपालका लागि भुर्तेलले अविजित ९२ रन जोड्दा अनिल साहले २५ रन जोडे, कप्तान रोहित पौडेलले १८ रन जोडे, गुल्सन झाले १९ रन जोडे ।

बलिङमा अमेरिकाका जस्दीप सिंह र केन्जिगेले दुई दुई विकेट लिए ।

सिरिजको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएकाे थियो। अब दुई टोलीबीच भोलि तेस्रो खेल हुनेछ ।

प्रकाशित मिति: आइतबार, ०४ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.