पाँच दिनको अन्तरमा मेस्सीकाे दोस्रो ह्याट्रिक

Satya Sanchar सत्य सञ्चार

विराटनगर । लियोनल मेस्सीले ह्याट्रिक गर्दा इन्टर मियामीले न्यु इंग्ल्याण्ड रिभोलुसनमाथि ६–२ को शानदार जित निकालेको छ ।

आज बिहान फ्लाेरिडामा भएको मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामी शानदार जित निकालेको हो ।

मियामीको जितमा अर्जेन्टीनि स्टार लियोनल मेस्सीले ११ मिनेट भित्र ह्याट्रिक पुरा गरे । उनले ७८, ८१ र ८९ मिनेटमा गोल गरेका हुन् ।

मेस्सीले पाँच दिनको अन्तरमा दोस्रो ह्याट्रिक गरेका हुन् । गत मंगलबार विश्वकप छनोट खेलमा उनले बोलिभियाविरुद्ध अर्जेन्टिनाका लागि ह्याट्रिक गरेका थिए ।

शनिबार राति भएको मियामीको खेलमा लुइस स्वारेजले २ र बेन्जेमिन क्रेमास्चीले १ गोल गरे । पराजित टोलीका लागि लुका लांगोनी र डानिल बोरेरोले गोल गरेका थिए ।

प्रकाशित मिति: आइतबार, ०४ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.