माछापुच्छ्रे सहकारीका सञ्चालक र ऋणीविरुद्ध मुद्दा दायर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका ७ मा रहेकाे माछापुच्छ्रे  बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना आरोपमा सहकारीका सञ्चालक र ऋणीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको वर्तमान अध्यक्ष अमलेश कर्णसहित उपाध्यक्ष सनातम मण्डल, सचिव उत्तम ढुंगेल, कोषध्यक्ष सोमी भगत,सञ्चालक प्रभाकर थापालगायत १०९ जना विरुद्ध ‘सहकारीको रकम हिनामिना गरेको’ मुद्दा दायर गरेको हो ।

प्रतिवादी बनाइएकामध्ये २१ जना सहकारीका वर्तमान र पूर्व सञ्चालक हुन् । अन्य सहकारीका ऋणी हुन् ।

२०६८ सालयताका सहकारीका पदाधिकारी तथा सदस्यलाई प्रतिवादी बनाइएको मुद्दामा अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन् । सहकारीका सञ्चालक र ऋणीसहित १०८ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानविन गर्दा सहकारीको ९ करोड २५ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो । प्रहरी अनुसन्धानका क्रममा भने ७ करोड ८४ लाख २६ हजार ३३५ रुपैयाँ हिनामिना भएको देखिएको छ । अदालतमा सो बराबरको बिगो र सहकारी ऐन अनुसारको सजाय मागदाबी गरिएको छ ।

मोरङ प्रहरीमा १०३ जना बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ताको मागसहित निवेदन दिएका छन् । अदालतमा दायर भएको अभियोग पत्रमा सहकारी संस्थाले १८३ जनालाई ६ करोड ३४ लाख ७६ हजार २२६ रुपैयाँ ऋण लगानी भएको उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, ०२ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.