टी–२० आईमा अमेरिकामाथि नेपालको सहज जित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली क्रिकेट टाेलीले टी–२० आई (अन्तर्राष्ट्रिय) खेलमा अमेरिकामाथि सहज जित निकालेको छ । अमेरिकाकाे ग्राण्ड प्रेरी रंगशालामा आज भएको खेलमा अमेरिकामाथि १७ रनको जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १६५ रनको लक्ष्य दिएकाे थियाे । अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो ।

अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले । आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एक–एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ३३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाए । दीपेन्द्रले १७ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए । पाँचौं विकेटका लागि दीपेन्द्र र रोहितले ३८ बलमा ६६ रनको साझेदारी गरेका थिए ।

नेपाललाई ओपनर आसिफ शेख र अनिल साहले ५‍‍.३ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात गरेका थिए । अनिल र आसिफ २७–२७ रनमा आउट भए । गुल्सन झालाई ११ र कुशल भुर्तेलले १० रन जोडे ।

अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले १–१ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, ०२ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.