हमासका प्रमुख मारिएपछि इजरायलमा खुसियाली, युद्ध विराम हुने अमेरिकाको अपेक्षा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । इजरायलको आक्रमणमा हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि भएको छ ।

फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको इजरायल डिफेन्स फोर्सले पुष्टि गरेकाे हाे । यो घटनापछि इजरायल र अमेरिकाले खुसी व्यक्त गरेका छन् । अमेरिकाले युद्ध विराम हुने अपेक्षा गरेको छ ।

इजरायल डिफेन्स फोर्सले विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि बुधबार मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

सिनवार गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली आरोप छ ।

सिनवार पछिल्लो दशकयता हमासको शीर्षस्थ नेतृत्वमा रहेर काम गर्दै आएका थिए । इजरायलसँगको द्वन्द्वका क्रममा गत जुलाईमा हमासका तत्कालीन प्रमुख इस्माइल हानिया मारिएपछि हमासले सिनवारलाई समूहको प्रमुख नेताको रुपमा चयन गरेको थियो ।

सन् २०२३ अक्टोबर ७ देखि हमास इजरायली सेनासँग लड्दै आएको छ । इजरायली विदेशमन्त्री इजरायल काट्जले इजरायली सेनाको आक्रमणमा परी सिनवार मारिएको पुष्टि गरे ।

हमासका नेता सिनवार मारिएपछि इजरायलमा उल्लास छाएको छ । सडकमा इजरायली नागरिकले खुसीव्यक्त गरेका हुन् ।

हमासका प्रमुख याह्या सिनवारको मृत्युपछि अमेरिकाले पनि खुसी व्यक्त गरेको छ । यो घटनापछि इजरायल र विश्वका लागि राम्रो दिन भएको टिप्पणी गरेको छ । युद्धविराम गरेर नयाँ राजनीतिक सम्बन्धको सुरुवातको अवसर समेत भनेको छ । राष्ट्रपति जो बाइडेनले सिनवारको मृत्युको दिनलाई इजरायल, अमेरिका र विश्वका लागि राम्रो दिन भएको बताए ।
एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: शुक्रबार, ०२ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.