विराटनगर । इजरायलको आक्रमणमा हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि भएको छ ।
फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको इजरायल डिफेन्स फोर्सले पुष्टि गरेकाे हाे । यो घटनापछि इजरायल र अमेरिकाले खुसी व्यक्त गरेका छन् । अमेरिकाले युद्ध विराम हुने अपेक्षा गरेको छ ।
इजरायल डिफेन्स फोर्सले विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि बुधबार मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
सिनवार गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली आरोप छ ।
सिनवार पछिल्लो दशकयता हमासको शीर्षस्थ नेतृत्वमा रहेर काम गर्दै आएका थिए । इजरायलसँगको द्वन्द्वका क्रममा गत जुलाईमा हमासका तत्कालीन प्रमुख इस्माइल हानिया मारिएपछि हमासले सिनवारलाई समूहको प्रमुख नेताको रुपमा चयन गरेको थियो ।
सन् २०२३ अक्टोबर ७ देखि हमास इजरायली सेनासँग लड्दै आएको छ । इजरायली विदेशमन्त्री इजरायल काट्जले इजरायली सेनाको आक्रमणमा परी सिनवार मारिएको पुष्टि गरे ।
हमासका नेता सिनवार मारिएपछि इजरायलमा उल्लास छाएको छ । सडकमा इजरायली नागरिकले खुसीव्यक्त गरेका हुन् ।
हमासका प्रमुख याह्या सिनवारको मृत्युपछि अमेरिकाले पनि खुसी व्यक्त गरेको छ । यो घटनापछि इजरायल र विश्वका लागि राम्रो दिन भएको टिप्पणी गरेको छ । युद्धविराम गरेर नयाँ राजनीतिक सम्बन्धको सुरुवातको अवसर समेत भनेको छ । राष्ट्रपति जो बाइडेनले सिनवारको मृत्युको दिनलाई इजरायल, अमेरिका र विश्वका लागि राम्रो दिन भएको बताए ।
एजेन्सीकाे सहयाेगमा
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,223)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)