साफ च्याम्पियनसिप नेपालकाे खेल आज

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप–२०२४ मा नेपालले आज भुटानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । पहिलो खेलमा भारतले पारिकस्तानलाई पराजित गरेको थियो ।

गोल मेसिन भनेर चिनिएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आजको खेलमा देखिने छैनन । फ्रेन्च महिला लिगमा व्यस्त रहेका कारण उनले पहिलो खेल गुमाउने भएकी हुन् । यसअघि साफ च्याम्पियनसिपमा भुटानसँग खेलेको हरेक खेलमा सावित्राले गोल गरेकी थिइन् ।

नेपालका लागि ४६ खेल खेलेकी सावित्राले सर्वाधिक ५३ गोलको रेकर्ड बनाएकी छन् ।

कात्तिक १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी छन् । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स छन् ।

प्रकाशित मिति: शुक्रबार, ०२ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.