समस्याग्रस्त सहकारीकाे ऋण तिर्न सात दिनकाे म्याद, नतिरे कालाे सूचीमा राख्ने तयारी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारीबाट ऋण लिएका ऋणिको सम्पत्ति रोक्का राखेर कालाे सूचीमा राख्ने तयारी गरेको छ ।

मुलुकभर १८ सहकारी संस्था समस्याग्रस्त घोषित भएका छन् । सात दिन भित्र ऋण चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका सदस्यको सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने तयारी  गरेको हो ।

ती सहकारीबाट लिएको ऋण धेरै ऋणीले चुक्ता गरेका छैनन् । ऋणीलाई सहकारीको ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बिहीबार सूचना जारी गरेर ७ दिनको समयसीमा दिएको छ । उक्त समयभित्र ऋण चुक्ता गरेमा भने ऋणिको सम्पत्ति रोक्का हुने छैन ।

समितिका अनुसार अन्तिम पटक ऋणी र जमानतकर्तालाई ऋण तिर्न ७ दिनको समय दिइएको हो । उक्त समयभित्र ऋण चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका सदस्यको सम्पत्ति रोक्का र कालोसूचीमा राखिने समितिले जनाएको छ ।

‘अन्तिम पटक ७ दिने सूचना प्रकाशित गर्ने र सो अवधिसम्म पनि ऋणीहरू तथा जमानीकर्ताहरूले आफ्नो दायित्व तिर्न बुझाउन नआएमा निज ऋणी र निजका एकाघरका परिवारको सम्पत्ति, बैंक खाता तत्काल रोक्का गर्ने, कालोसूचीमा राखिने छ,’ सूचनामा भनिएको छ, ‘रोक्का राखिएको सम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (क), (ख), (ग) सहकारी नियमावली, २०७५ बमोजिमको कारबाही अगाडि बढाइ ऋण असुल उपर गर्ने निर्णय भएको छ ।’

समस्याग्रस्त घोषित संस्थाका सञ्चालक, व्यवस्थापकहरू, ऋणी सदस्यहरू र कर्मचारीलाई आफ्नो दायित्व भुक्तानीका लागि पटक–पटक आग्रह गरिसकिएको समितिले जनाएको छ । केहीबाहेक अधिकांश ऋणी सदस्यले सम्पर्क पनि नगरेको र तिर्नुपर्ने ऋणसमेत नतिरेर आफ्नो दायित्वबाट पन्छिएका कारण अब सम्पत्ति रोक्का राख्ने, कालोसूचीमा राख्ने र एकाघर परिवारको सम्पत्ति बिक्री गरेर ऋण असुल गर्ने निर्णय भएको समितिले जनाएको छ ।

समस्याग्रस्त घोषित सहकारीमा स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, ओरेन्टल कोअपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था रहेका छन् । त्यस्तै, तुलसी बहुमुखी सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था र पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ पनि समस्याग्रस्त घोषित भएका छन् ।

यी सबै सहकारीका ऋणिलाई ऋण तिर्नका लागि अन्तिमपटक ७ दिनको समय दिइएको छ । ऋण तिर्ने अन्तिम अवसर दिइएका सहकारीका ऋणी आफ्नो दायित्वबाट पन्छिए उनीहरुको सम्पत्ति रोक्का गर्ने र कालोसूचीमा राखिने समितिले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, ०१ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.