सुनसरी । इटहरी उपमहानगरपालिका– ६ का सुरज पण्डितले माटोका भाँडाकुँडा बिक्री गर्छन् । व्यापारबाट उनले मनग्य आम्दानी गरिरहेका छन् ।
गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि उनले पुर्ख्यौली पेसा छाडेका छैनन । पेसाबाट निराश हुने अवस्था पनि नरहेको उनले बताए ।
‘हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनुभएको हो,’ उनले भने,‘पुर्ख्यौली पेसा हो अहिले पनि यही भाँडाकुँडा बनाएरै घर खर्च पुगेको छ, आम्दानीको स्रोत नै यही हो ।”
उनको इनरुवामा माटोको भाँडा बनाउने आरन छ, त्यहाँ बनाएका भाँडाकुँडा इटहरीमा लिएर बच्ने गरिएको छ । धेरै व्यापारीले आरनमै आएर खरिद गरी लिने गरेको पनि उनले सुनाए । यसरी बनाउने भाँडाका लागि आवश्यक माटो भने बर्जुताल क्षेत्रबाट ल्याउने गरेको पण्डितले जानकारी दिए ।
“जस्तो पायो त्यस्तो माटोले भाँडा बन्दैन, नजिकै राम्रो माटो पाउन गाह्रो छ । एक ट्रयाक्टर माटोको रु १२ हजारदेखि १८ हजारसम्ममा ल्याउने गरेका छौँ, एक गाडी माटोले १ लाख ५० हजार मूल्य बराबर माटोका सामान बनाउन सकिन्छ,’ उनले भने,‘घरमा सबै खर्च कटाएर पनि रु ८० हजारभन्दा बढी मासिक आम्दानी हुने गरेको छ ।”
पण्डितले माटोको सामान उत्पादन गर्न सकेमा बिक्रीका लागि बजारको समस्या खासै नरहेको बताए । “धेरैजसो व्यापारीले कारखानामै आएर सामान लिन्छन्, पसलबाट पनि उति नै बिक्री हुन्छ । धेरैजसो मागका सामान बनाउने भएकाले इटहरी बाहिरका ग्राहकले पनि माग गर्छन्”, उनले भने, “पूर्वको झापा, मोरङ, पाँचथर, इलाम, खादबारी, फिदिम, धनकुटादेखि भोजपुरसम्म मागअनुसार गाडीमार्फत उठाउने गरेका छौँ ।”
पण्डितका अनुसार बजार र ग्राहकको मागअनुसारका सामग्री बनाउन सके भाँडा व्यवसायबाट राम्रो कमाइ हुन्छ ।
उनले रक्सी बनाउने पैनि, गमला, गाग्रो, पाला, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, खुतुर्के, गिलासलगायत सामान बनाउने गरेकाले सामान बिक्री हुँदैन कि भनेर कहिल्यै चिन्ता गर्नु नपरेको बताए ।
इटहरी उपमहानगरपालिका–६ का व्यापारी युवराज काफ्ले माटोका भाँडा थोरै स्थानमा मात्रे बनाउने गरिएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि सरकारले पनि सहयोग गर्नुपर्ने बताउछन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,537)
जीवन विकासले बोलायो साधारणसभा (1,480)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,401)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,354)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,263)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (706)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (674)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)