राष्ट्रपति निर्वाचनअघि चीनले अमेरिका पठायाे दुई पाण्डा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । चीनले अमेरिकालाई दुई वटा पाण्ड दिएको छ । चीनले दिएको पाण्डा वाशिंगटनको स्मिथसोनियन राष्ट्रिय चिडियाखानामा राखिएको छ ।

चीनबाट लामो उडान गरेर बाओ ली र किंग बाओ नामका दुई वटा पाण्डा मंगलबार अमेरिका पुगेका हुन् । जनवरीबाट मात्रै ति पाण्डा सार्वजनिक अवलोकनको लागि उपलब्ध हुनेछन् ।

अमेरिकी राष्ट्रपति निर्वाचन अघि चीनले पाण्डा  पठाएपछि चासाेका साथ हेरिएकाे छ । चीनले विगतमा पनि कुटनीतिक सम्बन्ध स्थापित गर्दा विभिन्न देशलाई पाण्डा उपहार दिएकाे थियाे ।

अमेरकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्प र कमला ह्यारिसले आफ्नो चुनावी अभियानका क्रममा विदेश नीतिमा चीनको बढ्दो व्यापार प्रभावलाई रोक्ने बताउँदै आएका छन् ।

सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनले संयुक्त राज्य अमेरिका र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना गर्दा पनि चीनले उपहार पठाएको थियो ।

चीनका राष्ट्रपति सी जिनपिङले गत नोभेम्बरमा अमेरिका भ्रमणका क्रममा पाण्डा  चीन र अमेरिका बीचको कूटनीतिको आधार भएको बताएका थिए । सीले सो भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेट गरेका थिए ।

एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: बुधबार, ३० असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.