राष्ट्रपति निर्वाचनअघि चीनले अमेरिका पठायाे दुई पाण्डा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । चीनले अमेरिकालाई दुई वटा पाण्ड दिएको छ । चीनले दिएको पाण्डा वाशिंगटनको स्मिथसोनियन राष्ट्रिय चिडियाखानामा राखिएको छ ।

चीनबाट लामो उडान गरेर बाओ ली र किंग बाओ नामका दुई वटा पाण्डा मंगलबार अमेरिका पुगेका हुन् । जनवरीबाट मात्रै ति पाण्डा सार्वजनिक अवलोकनको लागि उपलब्ध हुनेछन् ।

अमेरिकी राष्ट्रपति निर्वाचन अघि चीनले पाण्डा  पठाएपछि चासाेका साथ हेरिएकाे छ । चीनले विगतमा पनि कुटनीतिक सम्बन्ध स्थापित गर्दा विभिन्न देशलाई पाण्डा उपहार दिएकाे थियाे ।

अमेरकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्प र कमला ह्यारिसले आफ्नो चुनावी अभियानका क्रममा विदेश नीतिमा चीनको बढ्दो व्यापार प्रभावलाई रोक्ने बताउँदै आएका छन् ।

सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनले संयुक्त राज्य अमेरिका र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना गर्दा पनि चीनले उपहार पठाएको थियो ।

चीनका राष्ट्रपति सी जिनपिङले गत नोभेम्बरमा अमेरिका भ्रमणका क्रममा पाण्डा  चीन र अमेरिका बीचको कूटनीतिको आधार भएको बताएका थिए । सीले सो भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेट गरेका थिए ।

एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: बुधबार, ३० असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.