विराटनगर । धरान उपमहानगपालिका प्रमुखले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवहाकको जिम्मेवारी दिएपछि विवाद भएको छ ।
भोलि बेलायत उड्ने तयारीमा रहेका प्रमुख साम्पाङले गत २३ असोजमा वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । बेलायतबाट साम्पाङ २ नोभेम्बरमा स्वदेश फर्कनेछन् ।
उपप्रमुख अइन्द्रबिक्रम बेघा पालिकामा हुँदाहुँदै वडा वडाध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिएपछि साम्पाङको आलोचना भइरहेको छ । कार्यवहाकको जिम्मेवारी कानुन विपरित भएको भन्दै ६ दलले आपत्ति जनाएका छन् । पूर्व पालिका प्रमुख तिलक राईले पनि मेयर साम्पाङको शैलीको आलोचना गरेका छन् ।
कार्यवहाक पालिका प्रमुख पनि मेयरको कार्यकक्षमा प्रवेश गरेका छैनन । साम्पाङको कार्यकक्षमा ताला लागेको छ । कार्यवहाक जिम्मेवारी पाएका फागो प्रमुखको सचिवालयको कुर्सीमा बसेका छन् ।
साम्पाङले २३ असाेजमा वडा अध्यक्षलाई पत्र पठाउँदै असोज २८ गतेबाट बेलायतबाट नफर्कुन्जेल ५ वटा सर्त राखेर अधिकार प्रत्यायोजन गरेका थिए । साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएको पत्रमा दैनिक अधिकतम ५ हजार रूपैयाँमात्र आर्थिक सहयोग खर्च गर्ने, कार्यपालिका बैठक नबोलाउनेरनबसाउने, खानेपानी महसुल वृद्धि विरोधी केही समयअघि दलहरूको आन्दोलनको क्रममा फोडिएको गेट र नगरपालिकाको बोर्ड अहिले मर्मत नगर्ने, रेडबुकका कुनै योजना स्वीकृत नगर्ने, करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने, सरुवा–बढुवा नगर्ने सर्त छ ।

पालिका प्रमुख साम्पाङले रिसिइबीका कारण कार्यवहाकको जिम्मेवारी वडा अध्यक्षलाई दिएपछि उपप्रमुख अइन्द्रबिक्रम बेघा अदालत जाने तयारीमा छन् । ‘ म कानुनी उपचारका लागि अदालत जान्छु,’ उनले भने,‘ अदालत जाने तयारी गर्दैछु ।’
धरानमा नेपाली कांग्रेसबाहेकका ६ राजनीतिक दलले पनि प्रमुख साम्पाङको निर्णयप्रति आपत्ति जनाएका छन् । एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, माओवादी नगर अध्यक्ष सूर्यबहादुर भट्टराई मनोज, जसपा नगर अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादीका रेवतीरमण राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपसभापति राम कार्की र रास्वपाका संयोजक नरेश शाक्यको हस्ताक्षरसहित जारी भएको विज्ञप्तिमा मेयर साम्पाङले गलत कार्य गरेको दाबी गरेका छन् ।
६ दलले निकालेको विज्ञप्तिमा भनिएको छ,‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ (क)१२ मा ‘सात दिनभन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकाका प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने स्पष्ट व्यवस्था रहेको छ ।’ कार्यवहाक जिम्मेवारी पाएका वडा अध्यक्ष कांग्रेसबाट निर्वाचित भएका कारण कांग्रेसले भने प्रमुखको कदमको विरोध गरेको छैन ।

कार्यवहाकको विषयमा प्रमुख साम्पाङले आफूलाई सहज हुने व्यक्तीलाई जिम्मेवारी दिएको बताएका छन् । प्रमुख साम्पाङ र वडा अध्यक्ष पारिवारिक नाता भित्र पर्छन् । तर कार्यवहाक प्रमुख फागो भने नाताका आधारमा आफूलाई जिम्मेवारी नदिएको बताउँछन् ।‘उहाँले नाता परेर नाताकै हैसियतमा मलाई दिएको लाग्दैन,’उनले भने,‘ उहाँलाई भरोसा लागेको विश्वासले दिएको होला ।’
स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) प्रमुखको काम कर्तब्य र अधिकारको १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यवाहक दिनुपर्ने उल्लेख छ । उपाध्यक्ष वा उपप्रमुख उपप्रमुख उपस्थीत नभएमात्रै कार्यपालिका सदस्यलाई कार्यवहाक दिन पाउने प्रावधान छ ।
गत २०८० भदौमा झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उपाध्यक्ष कार्यलयमा हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक दिएपछि उच्च अदालत विराटनगरले गाउँपालिका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । उपाध्यक्ष प्रमीला न्यौपानेले दायर गरेको रिटमा २०८० भदौ ५ गते उच्च अदालत अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । आदेशपछि उपाध्यक्ष न्यौपानेले स्वतः कार्यवाहक पाएकी थिइन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)