महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बस दुर्घटना : ४ जनाको मृत्यु, १२ जना घाइते

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

धनगढी । महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

डडेल्धुराकाे अमरगढी नगरपालिका– ७ को खसरेखानमा गएराति ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, ३० असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.