विराटनगरमा होटल सञ्चालकमाथि खुकुरी प्रहार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा होटल तथा गीत गजल सञ्चालक माथि खुकुरी प्रहार भएको छ ।

विराटनगरको भूमी प्रशासन चोकमा रहेको मुन होटल तथा गीत गजलका सञ्चालक दिलिपकुमार भगतमाथि मंगलबार बेलुका खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट भगतको देब्रे हात र शरीरको अन्य भागमा चोट लागेको छ ।उनको अवस्था सामान्य छ ।

गीत गजलमा भएको विवादलाई लिएर उनीमाथि दुई जनाको समूहले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

उनीमाथि विराटनगर– ९ का सावन दास र विनोद रायले खुकुरी प्रहार गरेको देखिएको प्रहरीले बताएको छ । घटनापछि फरार भएका उनीहरुको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, ३० असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.