माइत गएकी महिलाकाे हत्या, पति पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पत्नीको हत्या आरोपमा झापाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दसैंको टीकाको तेस्रो दिन सोमबार दिउँसो करिब ४ बजे झापाको अर्जुनधारा नगरपालिका– ३ दार्जिलिङ डाँडामा ३७ वर्षीया मुना चौहानको आरोपमा उनका पति सोही स्थानका ४६ वर्षीय वीरबहादुर चौहानलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भरत कुमालको घरमा मुनाको हत्या भएको हो । सो घर मुनाको माइती हो ।

सोमबार दिउँसो सामान्य विवादमा उनले धारिलो हतियारले घाटीमा प्रहार गरेको देखिएको प्रहरीले बताएको छ ।

हतियार प्रहारबाट मुनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि फरार भएका वीरबहादुरलाई प्रहरीले जुकेखाडी जंगलबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति: सोमबार, २८ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.